सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना त्रासःरात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न अनुरोध

काठमाडौं । सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसायमा कडाई गरेको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा काठमाडौं, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा संक्रमण बढेको भन्दै सचेत हुन सबै शैक्षिक संस्थालाई अनुरोध गरेको छ ।

सार्वजनिक यातायातमा भीडभाड कम गर्ने र स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । सपिङ महल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, पौडी पोखरी र धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्डमा कडाइका साथ पालना गर्न भनिएको छ। मन्त्रालयले विदेशबाट फर्किएपछि अनिवार्य घरमै क्वारेन्टिनमा बस्न भनेको छ ।

सबै जिल्ला प्रशासन कार्यालयलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गरेर सार्वजनिक स्थलमा मास्को प्रयोग अनिवार्य गर्न भनेको हो ।

ठूला सहरमा पाँच सय बढी र साना सहरमा १०० बढी संक्रमित भेटिए आवागमनमा कडाई गर्न भनिएको छ भने विदेशबाट आउने टोली र भ्रमण दलका सदस्यलाई क्वारेन्टिनको व्यवस्था गर्न भनिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »