सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

केएमसीको तेस्रो तलाबाट हाम फाल्ने युवकको मृत्यु

काठमाडौं /०३ कात्तिक।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

घरमा हात, खुट्टा पोलेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए ।

उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »