सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

के कार्वाही गर्ला त? तेमाल गापाले आफुखुशि स्कुल बन्दगराउने शिक्षकहरुलाई

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँपालिकामा गाउँपालिकाको निर्णयलाई अटेर गर्दै संपुर्ण स्कुलहरुले आफुखुसि स्कुल बन्दगराएर शिक्षकहरुलाई बिदा दिएको छ।

गाउँपालिका र  बिध्यालय सन्चालक समितिलाई समेत जानकारी नगराई शिक्षकहरुलाई आफुखुसि बिदा दिएकोमा गाउँपालिकाले असन्तुष्टि ब्यक्त गरेकोछ  ।

 गाउँपालिकाले विद्यालयको प्रशासनिक कार्यलय बन्द नगरी बैकल्पिक शैक्षिक कक्ष संचालनका लागि आह्वान  गर्दा शिक्षकहरूले वास्त नगरी विद्यालय व्यवस्थापन समिति सँग सल्लाह नगरी बाहिर जिल्ला बाट आएका शिक्षकहरु घर गएका हुन्।

पालिकाको सूचनालाई बेवास्तागरि बाहिर गएका शिक्षक र विद्यालय मनोमानी तरिकाले बन्द गर्ने शिक्षकहरुलाई पालिकाले कस्तो कार्बाहीको प्रक्रिया अगाडि बढाउला त्यो भने हेर्न बाँकी छ।

गाउँपालिका भित्र कोरोनाको त्यतिधरै प्रभाव नपरेको अवस्थामा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड भित्ररहि स्कुलको  पठनपाठनलाई नियमित  बनाउनु  पर्नेमा बैकल्पिक पठनपाठन को  समेत ब्यबस्था नगरी स्कुलका शिक्षकहरुलाई बिदा दिनु गाउँपालिकाको लागीमात्र नभएर नेपालसरकार शिक्षा मन्त्रलायलाई समेत चुनौति दिएको जस्तो देखिएकोले संबन्धित स्कुललाई कार्वाहिको  दायरामा  ल्याउनुपर्ने स्थानिय बुद्धिजिवि हरुले बताएका छन्।

तेमाल गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष विकुलाल मोक्तान तामाङले वडासँग कुनै समन्वय नगरी विद्यालय बन्द गरेर शिक्षकहरु घर बिदामा जानुले राम्रो सन्देश नजाने र नेपाल सरकारको शिक्षा मन्त्रालयले जारी गरेको सुचना र तेमाल गाउँपालिकाले जारी गरेको सुचनालाई अबहेलना भएको बताउनु भयो ।

अहिले शिक्षकहरुले शिक्षकहरुको हकहितका लागि स्थापना भएको शिक्षक संगठनले जारी गरेको सुचनाको आधारमा विद्यालय बन्द गर्नु राम्रो सन्देश नभएको वडाध्यक्ष मोक्तानले सारा खबरको प्रतिनिधिलाई बताउनु भयो ।

हालसम्म तेमाल गाउँपालिका भित्र रहेका नागरिकहरुमा ६ जनामा कोरोना पोजेटिभ देखिएतापनि सामान्य तरिकाले घरमा नै वा काठमाडौंमा आफ्नै होम आईसोलेशनमा बसिरहेको तेमाल गाउँपालिकाको स्वास्थ्य शाखाको ईन्चार्ज शिवहरी पाठकले साराखबरको प्रतिनिधिलाई जानकारी दिएको छ ।

 तेमाल गाउँपालिकाको स्वास्थ्य शाखाको ईन्चार्ज शिवहरी पाठकको अनुसार पालिकामा अहिलेसम्म कोभिड १९ को असर नदेखिएको र असर नहोस् भनेर प्रत्येक वडाका रहेका स्वास्थ चौकीमा औषधिको व्यवस्थापन गरिसकेको छ।

विद्यालयको लागि पनि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउनका लागि पालिका तयार रहेको बताएको छ  ।

तेमालमा कोभिड १९ लाई मध्य नजर गरि १० जनाका लागि तयारी अवस्थामा अक्सिजन सहितको आईसोलेशन बेड रहेको जानकारी दिनुभयो ।

अन्तमा कोभिड १९ बाट तेमाललाई सुरक्षित राख्नका लागि आवश्यक तयारीमा रहेको ईन्चार्ज पाठकले जानकारी दिनुभयो ।

कोरोनाको प्रभावको कारण घरभित्र नै बस्नुपर्ने बाध्यकारी अवस्थामा समेत कुनैपनि माध्यमबाट पठनपाठन नहुँदा  तिमाल गाउँपालिकाको संपुर्ण बिध्यार्थि हरुमा  नकारात्मक प्रवाभसमेत पर्नसक्ने  देखिएको छ  ।

यस्ताअटेर गर्ने  बिध्यालयका शिक्षकहरुलाई गाउँपलिकाले कस्तो कार्वाहि प्रकृया अगाडीबढाउला अहिले  सबैको चासोको बिषय समेत बनिरहेको छ  ।

भर्खरै

सम्बन्धित खबर

Language »