सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरस विरुद्धको खोप अनिश्चितकालीन रोक

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोक लगाएको छ।

पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

बीबीसीका अनुसार अक्सफोर्ड-एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान छ । र, यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्छ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड-एस्ट्राजेनेकाकै खोप परेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »