सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नेताको मृत्यु

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-२१ का सभापति ६७ वर्षीय रञ्जितको मंगलबार दिउँसो १२ बजेर १७ मिनेट जाँदा मृत्यु भएको हो। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते उनी अस्पतालको आइसीयूमा भर्ना भएका थिए। स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा उपचारत रहेका रञ्जितको मंगलबार मृत्यु भएको हो।

२०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापतिको तर्फबाट विज्ञप्ति सार्वजनिक गर्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १५८ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुग्दा कोरोना जित्नेको संख्या भने १८ हजार ८०६ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »