सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप सात जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुग्यो

काठमाडौं। कोरोनाभाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।

मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष छन्।

मृत्यु हुनेमा काठमाडौंकी एक महिला, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष, काठमाडौंका २ जना पुरूष र रूपन्देहीका एक जना पुरूष छन्।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा नेपालमा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सहित कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »