सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणबाट बुधबार तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बुधबार एकै दिन तीनजनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरूमा दुईजना पर्साका छन् भने एकजना मोरङका रहेका छन्।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतका अनुसार पछिल्लो पटक नेशनल मेडिकल कलेजमा उपचाररत ७० वर्षीय वृद्धको ज्यान गएको हो।

त्यसअघि गण्डक कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको पनि कोरोनाले मृत्यु भएको थियो। नेशनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरूषको केही बेरअघि कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

उता मोरङका एकजना ४५ वर्षीय पुरूषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको छ।

उनलाई आजै अपरान्ह विराटनगरमा ल्याइएको थियो। गम्भीर बिरामी अवस्थाका उनलाई एकजना ड्राइभरले बिपी प्रतिष्ठानमा ल्याएर छाडेका थिए।

आजसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ५२ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »