सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमितको संख्या विश्वभर २ करोड नाघ्यो, ७ लाख ३३ हजारको मृत्यु

काठमाडाैँ / २६ साउन।
कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म कोरोनाको महामारीले २ करोड १६ हजार ३२६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

एकै दिन २ लाख १९ हजार ३५३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७८३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ५९२ पुगेको छ ।

१ करोड २८ लाख ९२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार १३९ जनाको मृत्यु भएको छ ।

३० लाख ३५ हजार ९९७ जना संक्रमित भएकोमा १८ लाख २४ हजार ५७१ जना संक्रमणमुक्त भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »