सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खनाल नेतृत्वको साझा समावेशी प्यानललाई चप्परगौडीका व्यवसायीको सर्मथन


कोहलपुर, फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई कोहलपुर १२ चपरगौडी क्षेत्रका व्यवसायीले मतदान गरेर बिजयी गराउने प्रतिबद्धता जनाएका छन ।


सो समुहले मंगलवार गरेको व्यापारीसँगको भेटघाट कार्यक्रममा चप्परगौडी सुधार समितीका अध्यक्ष एक नारायण चापागाईले आफुहरुको सर्मथन बिष्णु खनाल नेतृत्वको सम्पुर्ण प्यानललाई रहेको बताए । भेटघाटनमा पुगेको खनाल नेतृत्वको प्यानल संगै चप्परगौडी बजार सुधार समितिका अध्यक्ष चापागाई लगायतका अन्य प्रतिष्ठीत उद्योगी व्यवसायी पनि साथ साथै व्यवसायी भेटघाटनमा सहभागि भएका थिए ।

घरदैलोका क्रममा त्यस क्षेत्रका व्यवसायीका समस्या बारे जानकारी लिदै चप्परगौडी क्षेत्रका व्यवसायीक समस्याहरु बारे सुझाव समेत संकलन गरीएको महासचिव पदका उम्मेदवार नबिन खड्काले जानकारी दिए । चुनाव प्रचारमा पुगेको सो टोली संग चप्परगौडी क्षेत्रका व्यवसायीले सो क्षेत्रमा व्यवस्थीत अटो भिलेज निर्माणको पहल गरिदिन आग्रह गरेको र आफुहरुले सोको लागी पहल गर्ने प्रतिबद्धता जनाएको महासचिवका उम्मेदवार खड्काले बताए ।


सबै खाले व्यवसायीको हित र अधिकारका लागि काम गर्न सुझाव आएको अध्यक्ष पदका उम्मेदवार बिष्णु खनालले जानकारी दिए । झण्डै ३० बर्ष कोहलपुरको व्यवसायिक ईतिहासमा आफु जहिले पनि व्यवसायिक हित र अधिकारकालागि लागी परेको बताउदै खनालले यस पटक व्यवसायीमा देखिएको उत्साहले आफुहरुको जित निश्चित भएको दावी समेत गरे ।

उद्योग तर्फका उपाध्यक्षका उम्मेदवार कमल खड्काले आफ्नो प्यानलमा सबै क्षेत्रको व्यवसायीको सहभागता रहेकोले पनि व्यवसायीको माया आफ्नो प्यानले पाउने बिश्वास व्यक्त गरे । कतिपय नयाँ र संघको संस्थापक सदस्य मध्येका व्यवसायीक प्यानल बनाएर आफुहरु अगाडी बढेको उनको भनाई थियो । कोहलपुर अटो एसोसियसनका अध्यक्ष एंव चप्परगौडी क्षेत्रका व्यवसायी रबि कर्मचार्यले अटो व्यवसायीको साथ बिष्णु खनाल नेतृत्वको प्यानललाई रहेको बताए ।


उनले आफुहरु खनाल नेतृत्वको प्यानल बिजयी गराउन आतुर रहेको बताए । व्यवसायी घेटघाट कार्यक्रममा संघिय साँसद महेश्वर गहतराज अथक, नेकपाका नेता नरेन्द्र न्यौपाने, अवराज खड्का लगायतको पनि सहभागिता रहेको थियो ।

संघिय संसद अथकले कोहलपुर क्षेत्रको उद्योग तथा व्यवसायलाई माथि उकास्नका लागि पुरानो व्यवसायी खनाल नेतृत्वमा मात्रै सम्भव भएको बताए । उनले झण्डै ३० बर्षको खनालको व्यवसायीक अनुभवले कोहलपुर उद्योग बाणिज्य संघलाई थप उचाईमा लैजाने सक्ने भएकाले आफुले खनाल नेतृत्वको प्यानल प्रति सुवेक्षा प्रकट गरेको सारा खबरलाई बताए । खनाल बिजयी भएमा नैवस्ता औधोगिक क्षेत्र निर्माणमा पनि थप सहजता हुने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »