सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

nepal_police_flag

झापा, २०७७ मङ्सिर ८ गते
 खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दमक नगरपालिका-१ बस्ने ४७ वर्षीय चुडामणि भण्डारीलाई  आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनकी श्रीमती ३८ वर्षीया टिका देवी पौडेल र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका-६ जिवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा चुडमणिले दुवै जनालाई खुकुरी प्रहार गर्दा टिकाको घटनास्थलमै मृत्यु भएको र प्रकाशचन्द्र घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »