सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा राप्रपा निकट महिला संगठनको समायोजन सम्पन्न,शाही बनिन अध्यक्ष

नेपालगञ्ज , राप्रपा र राप्रपा संयुक्त निकट महिल संगठनको बाँके जिल्लामा समायोजन सम्पन्न भएको छ ।
समायोजनपछि नवगठित राप्रपा महिला संगठनको अध्यक्षमा नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्य एंव बडा नं ४ को सदस्य समेत रहनु भएकि इन्दिरा शाही सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता एवं पूर्वमहामन्त्री डाक्टर धवल शम्शेर राणाले राप्रपा अब मुलुकको बलियो राष्ट्रवादी र प्रजातान्त्रिक शक्ति बन्ने बताउनुभयो । उहाँले भावी दिनमा राप्रपा एकातिर र मुलुकका अरु राजनीतिक शक्ति अर्कोतिर गरेर दुई धारको राजनीति हुने तर्क पनि गर्नु भयो ।
राप्रपाका अर्का प्रभावशाली नेता एवं केन्द्रित सदस्य ऋषि राज देवकोटाले राप्रपाको एकता र महिला संगठनको समायोजनले मुलुकमा नयाँ राजनीतिक कम्पन्न गराएको बताउनु भयो ।
यस्तै राप्रपा बाँकेका सभापति नरेन्द्र पौडेलले महिला संगठनको समायोजनले बाँकेको राजनिति‌मा नयाँ उर्जा थपेको बताउनु भयो ।

आज नेपालगञ्जमा सम्पन्न समायोजनमा तारा थापाले सहसंयोजक जिम्मेवारी पाउनु भएको छ । समायोजन कार्यक्रममा केन्द्रीय सदस्य पबित्र सुब्बा, क्षेत्रीय सभापति दिपेन्द्र सिंह, नेता हुकुम केसि र ट्रेड युनियन कि केन्द्रीय उपाध्यक्ष मिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

समायोजनका क्रममा विभिन्न पार्टी परित्याग गरेका दर्जनौँलाई पार्टी सदस्यतासमेत दिइएको थियो ।

१३ गते नेपालगञ्जमा हिन्दू राज्यको माग गर्दै हुन लागेको प्रदर्शनमा सहभागिता जनाउन महिला संगठन कि अध्यक्ष शाहिले अपिल गर्नु भयो । यता राप्रपा जिल्लास्तरमा समायोजनको काम तीब्र बनाएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »