सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य राज्य मन्त्री नवराज रावत नेपालगञ्जमा, अध्यक्ष धिताल र मेसु थापाले सुनाए योजना

नेपालगञ्ज, स्वास्थ्य राज्यमन्त्री नवराज रावत नेपालगञ्ज पुग्नुभएको छ । उहाँले सोमबार भेरी अस्पतालको स्थलगत निरिक्षण गर्नुभएको छ ।

निरिक्षणका क्रममा राज्य मन्त्री रावतले अस्पतालको पुरानो भवन भत्काएर नयाँ भवन निर्माणका लागि योजना बनाउन निर्देशन दिनुभयो ।

भेरी अस्पताल पश्चिम नेपालमै रिफरल अस्पतालको रुपमा रहेको छ । कोभिड–१९ का विरामीको उपचारमा भेरी अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै रावतले थप सुविधा सम्पन्न बनाउन पहल गर्ने आश्वासन दिनुभएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो ।

उहाँले नयाँ प्रविधि र उपकरणको प्रयोगमा जोड् दिनुभयो । उनले अस्पतालमा उपलब्ध उपकरण र भौतिक संरचनाको सहि सदुपयोग गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिए । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालले कोभिडका विरामीलाई दिँदै आएको सेवा, भौतिक संरचना, उपकरण लगायतका विषयमा जानकारी गराए ।

उनले ७२ बेडको आइसोलेशनले विरामी थेग्न नसकेकोले थप ८० बेडको आइसोलेशन निर्माण भइरहेको जानकारी दिनुभयो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले थप ८० बेडको कोभिड आइसालेशन एक हप्ताभित्र संचालनमा आउने मन्त्री रावतलाई जानकारी गराउँदे नयाँ निर्माण भइरहेको आइसोलेशनको हरेक बेडमा अक्सिजनको ब्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री रावतलाई भेरी अस्पतालले मेडिकल कलेज संचालन लगायत अन्य संरचना निर्माणका लागि ज्ञापन पत्र बुझाएको थियो । अध्यक्ष धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले ज्ञापन पत्र बुझाउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »