सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक तथा संगीतकार कबिन्द्र मोक्तानले गरे अशक्त तथा जेष्ठ नागरिकहरुलाई सहयोग

काभ्रेपलान्चोक , तेमाल । नव उदयीमान गायक तथा संगीतकार कबिन्द्र मोक्तानले अशक्त र जेष्ठ नागरिक हरुलाई माक्स ,पन्जा ,स्यानिटाइजर, यातायात समेत ब्यबस्था गरी सहयोग गरेका छन् ।

सामाजिक शुरक्षा भत्ता बापतको रकम लिनकोलागी बैकमा आफै उपस्थित भएर खाता खोल्नुपर्ने भनि बैकले उर्दि जारी गरेपछि अशक्त तथा जेष्ठ नागरीक हरुलाई केहि अप्ठ्यारो परेको  थियो ।

यो बर्षको बजेटमा समावेशभएको सामाजिक शुरक्षा भत्ता बापतको  रकम यहि आर्थिक बर्ष भित्र निकाशा गरीसक्नु  पर्ने बाध्यात्मक अवस्थाकोकारण बैकमा अनिवार्य खाता खोल्नु  पर्ने भएपछि  नवगायकतथा संगीतकार मोक्तान ले तेमाल गाउँपालिका वडानं ६ ठुलो पर्सेलका अशक्त तथा जेष्ठ नागरिक हरुलाई स्वास्थ्य मापडण्ड अपनाएर सामाजिक शुरक्षा भत्ता बाड्ने अनुमतिपाएको सिटिजन बैंक काभ्रे शाखा को (तेमाल काउन्टर )तेमाल गाउँपालिका ५ नारायण स्थान पोखरी सम्म पुग्न र फर्कन को  लागी यातायात ब्यबस्था , माक्स ,स्यानिटाइजर र  खाजाको समेत ब्यबस्था  गरेको तेमाल गाउँपालिका वडानं ६ का वडाध्यक्ष बिकुलाल तामाङ्ग मोक्तान ले सारा खबर लाई जानकारी गराएका छन्।

यहि आर्थिक बर्ष भित्र बजेट निकाशा गराउनुपर्ने स्थानिय सरकारको बाध्यता र यस्तो महामारीको  समयमा पनि घरदैलो सुबिधा प्रदान गर्न नसक्ने बैंक को  लापर्वाहि को  कारण स्थानिय अशक्त जेष्ठ नागरिक  हरुले दुख पाएकोमा  यसरी एक युवाले समाजप्रतिको आफ्नो उत्तरदायीत्व सम्झेर सहयोग गर्नु सर्हानिया भएको वडा अध्यक्ष मोक्तानले बताएका छन्।

यसरी सहयोग गर्ने कबिन्द्र मोक्तान नेपाली काँग्रेस का स्थानिय युवा नेता पनि  हुन। समाजको  हरेक आप्ठ्याराहरुमा  उनले यसैगरी सहयोग गर्दै आई रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »