सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक सन्जिव वाइवाकाे “मायाला म्हेन्दो” म्युजिक भिडियाेमा नव माेडल रजनी तामाङकाे डेब्यु

गायक तथा वरिष्ठ संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतित्थ्यतामा सार्वजनिक हुँदै

काठमाडौँ । नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा गायक सन्जि वाइवा र शशिकला मोक्तानको युगल आवाजमा रहेको “मायाला म्हेन्दो” म्युजिक भिडियो आज सार्वजनिक हुँदै छ ।

डम्फु मिडियाको अफिसियल युटुव च्यानलबाट सार्वजनिक हुन लागेको “मायाला म्हेन्दो”म्युजिक भिडियोमा सामाजिक अभियान्त तथा नव मोडल रजनी तामाङको अभिनय हेर्न पाउने छन् । नव मोडल रजनी तामाङलाई मोडल बिजय घिसिङले साथ दिएको छ ।

महानायक अमिर दोङको निर्देशनमा निर्माण भएको यो म्युजिक भिडियो दर्शकहरुबाट कस्तो प्रतिकृया आउला भिडियो सार्वजनिक भएपछि नै थाहा पाउने छन् भने तामाङ समुदायले स्वर सम्राटको रुपमा मान्दै आएको गायक तथा वरिष्ठ संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतित्थ्यतामा पत्रकार सम्मेलन गरी म्युजिक भिडि्यो सार्वजनिक र कमल थिङ बचाउ अभियानमा संकलित १० लाख रकम हस्तान्तरण कार्यक्रम पनि रहेको अभियान्ता रजनी तामाङले सारा खबरलाई जानकारी दिएको छ ।

गायक सन्जिव वाइवाको नै शब्द÷संगीत रहेको यो म्युजिक भिडियोले तामाङ समुदायमा एक प्रकारको नयाँ सन्देश दिने नव मोडल रजनी तामाङको दाबी रहेको छ ।

दिपेश प्रधानको संयोजन, गुगल लामाको एरेन्ज, सुर्य लामाको कलर, र युद्ध लामाको कोरियोग्राफी रहेका छन् ।

तामाङ गीत संगीतको क्षेत्रमा सन्जिव वाइवाले लामो समय देखि योगदान दिदै आइरहेका छन् भने अहिले तामाङ गीत संगीतलाई गलतबाट तिर जान नदिनका लागि नेपाल तामाङ कलाकार संघको अध्यक्ष पनि उहाँ नै छन् । यस कारणले पनि यो म्युजिक भिडियोले थप महत्व राख्ने छन् भन्ने सबैले आशा राखेको हुनसक्छ ।

हुन त तामाङ समुदायमा म्युजिक भिडियो निर्माण गर्ने होडबाजी नै चलेको छ । कलाकारहरुका लागि यो खुशी नै खबर हो भन्नु र्पछ भने गीत संगीतका पारखीहरुका लागि पनि यो राम्रो सन्देश हो ।

भर्खरै

सम्बन्धित खबर

Language »