सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

गुल्मी। गुल्मीमा ट्र्याक्टर दुर्घटनामा परि सोमबार एक जनाको ज्यान गएको छ भने दुई जना घाइते बनेका छन् ।

गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमबाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्र्याक्टर सोमबार बिहान बलीथुमको टापुमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ट्र्याक्टरमा सवार गुल्मी दरबार गाउँपालिका १ माझीगाउँ बस्ने वर्ष १६ का धनबहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनु भएको छ । उनको ट्र्याक्टरको चक्काले च्यापेर ज्यान गएको हो ।

दुर्घटनामा परि गुल्मी दरबार गाउँपालिका १ माझीगाँऊ बस्ने वर्ष १५ वर्षका लालबहादुर बुढामगर र ट्र्याक्टर चालक कपिलवस्तु घर भएका वर्ष ३० का रेशम ताम्राकार घाइते बनेका छन् । घाइतेहरुको अहिले स्थानीय शुभ सारथी मेडिकल मजुवामा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक कृष्णबहादुर गाहाले बताउनु भएको छ ।

दुर्घटना भएको त्यस ट्र्याक्टर सडकदेखि २० मिटर तल खसेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »