सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिसाेमा हात खुट्टाको औँला सुन्निने समस्याबाट कसरी मुक्त हुने ?

काठमाडौं । चिसोमा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टाको औँला सुन्निने समस्या एक हो। अत्याधिक चिसोका कारण धेरैको यो समयमा हात खुट्टाको औँला रातो हुने, चिलाउने, दुख्ने र सुन्निने हुन्छ।

समयमै गरिएको उपचार र रोकथामका उपायले यो समस्या निको हुन्छ। तर समयमै उपचार नगर्दा पिप जम्ने र घाउ पाकेर अपरेशन समेत गर्नुपर्ने छाला रोग विशेषज्ञ प्राडा धर्मेन्द्र कर्णले बताए ।

चिसो मौसमा हात खुट्टाको औँला सुन्निनु कस्तो समस्या हो ?
– चिसो मौससममा हात खुट्टाको औँला सुन्निनु छाला सम्बन्धी आम समस्या हो।
– यो समस्या महिलाहरुमा बढी देखिन्छ।
– मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तिजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिन्छ।
– चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले औँलाहरु रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ।
– सही उपचार गरिएन भने यो दुई महिनामा बढ्दै जान्छ।
– औँला सुन्निने समस्या भएकाले हिटर तथा आगोमा सेकाउने गर्नु हुँदैन।
– मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ।
– प्रशस्त मात्रा झोलिलो पदार्थ खानुपर्छ।
– चिसोमा हात खुट्टाका औँलाहरु चलाइरहनु पर्छ। मसाज गरिरहनुपर्छ।
– बाथ रोग भएकाहरुलाई पनि यो समस्याले वर्षेनी सताउन सक्छ।
– लगातारको हिटरको प्रयोगले पनि छालालाई सुख्खा हुने, आँखा पोल्ने, ओठ फुट्ने समस्या हुन्छ।
– हिटरको प्रयोग गर्दा कोठामा हावाको राम्रो आवतजावत हुनुपर्दछ।
– एउटै बाक्लो कपडा लगाउनु भन्दा धेरै लेयर भएका कपडा लगाउँदा शरीरलाई बढी न्यानो हुन्छ।
– छालालाई सुख्खा हुन नदिन मोस्चराइजर, नरिवल, ओलिभ ओयल लगाउन सकिन्छ।
– औँला सुन्निने समस्या निको नभए चिकित्सकको परामर्शमा जानुपर्छ।

कुन अवस्थामा चिकित्सकको परामर्शमा जानुपर्छरु
– वर्षेनी यो समस्याले सताउने गरेको छ भने चिसो सुरु हुने बित्तिकै रोकथामका उपाय अपनाउनुपर्छ।
– धेरै चिसो पानी नचलाउने, औँलाहरुलाई न्यानो बनाएर राख्नुपर्छ।
– औँलाहरु रातो भइसकेको छ, दुखाई हुन्छ भने उपचारको खाँचो परिसकेको हुन सक्छ।

सुन्निएका औँलालाई मनतातो नुनपानीले सेकाउँदा कसरी राहत मिल्छ ?
– सुन्निएका औँलाहरुमा सुख्खा तातोपना ९ड्राई हिट०ले झन् छालालाई फुटाउँछ।
– मनतातो पानीमा नुन हालेर सेकाउँदा सुन्निएका अंगलाई सुजन र दुखाई कम गर्छ।
– यसका लागि मनतातो पानीमा नुन हालेर ५ देखि १० मिनेट हात खुट्टा डुबाउने।
– त्यसपछि हात खुट्टा पुछेर मोस्चराइजर लगाएर मोजा, पञ्जा लगाएर न्यायो बनाउनुपर्छ।

समयमै उपचार नगर्दा यसले निम्त्याउने जटिलताहरु के के छन् ?
– समयमै उपचार नगर्दा फोका आउने, पाक्ने, कुनै त घाउ पाकेर अपरेशन गर्न गर्नुपर्ने हुन्छ।
– कुनै बेला बिरामीको हातभरी नै पिप भएर हाडजोर्नीको डाक्टरले अपरेशन गरेको अनुभव पनि मसँग छन्।

चिसोमा औँला सुन्निएर कति बिरामीहरु उपचारका लागि आउँछन् ?
– म कहाँ आउने एक सय जना बिरामीमध्ये २० जना औँला सुन्निएर आउने बिरामी हुन्छन्।
– तर यहाँ आउने बिरामीहरुलाई हामीले चिसो मौसममा यो समस्या हुन सक्छ भनेर पहिले नै सचेत गराउँछौँ।
– यो समस्या शहर तिर कम भएपनि गाउँतिर अझै छ।

अन्त्यमा यहाँको सुझाव के छन् ?
– जाडोमा छालामा सुख्खापनको समस्या बढ्दै जान्छ।
– हात र खुट्टा, अनुहारको छाला बढी सुख्खा हुने समस्या हुन्छ।
– चिसोमा साबुनको प्रयोग धेरै गर्नु हुँदैन। यसले शरीरले उत्पादन गरेको चिल्लो पदार्थ पनि पखालिने सम्भावना हुन्छ।

भर्खरै

सम्बन्धित खबर

Language »