सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

योञ्जन युवा सेवा समाजद्वारा लामा गुरूहरूकाे सम्मान

काठमाडौं । तामाङ समुदायमा लामा गुरु (पुरेहित) विना जन्मदेखि मृत्युसम्मको कुनै पनि कार्यहरु सम्पन्न हुन सक्दैन । पछिल्लो समयमा लामा गुरुहरुको अभाव हुन थालेको थियो । रामेछाप सुनपाती गाउँपालिका वडा नं. ४ बलवाडीमा तामाङ समुदाय भित्रको योञ्जनहरु त्यहाँका लामा पुरेहित थिए । योञ्जन परिवारमा पनि प्राय सबै लामाहरुले लामा पढ्न छोड्न थालेपछि लामा गुरुको अभाव हुन थालेका थिए । त्यही अभावलाई पुरा गर्नका लागि तीन वर्ष पहिला श्री उर्गेन लामा र श्री अशोक लामालाई लामा पढ्न गोर्खा पठाएको थियो ।

माघ १ गते शनिवार योञ्जन युवा सेवा समाजद्वारा गोर्खा जिल्लाको गुम्बामा तीन वर्ष छाम सम्पन्न गरेर आएको गुरुहरु श्री उर्गेन लामा र श्री अशोक लामालाई सम्मान गरेको हो ।

रामेछाप जिल्ला सुनपती गाउँपालिका वडा नं. ४ बलवाडीको योञ्जनहरुमा पहिलो पटक यत्ति धेरै लामो समयसम्म तपस्या गरेर आएको गुरुहरु श्री उर्गेन लामा र श्री अशोक लामा भएकोले सम्मान गरेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा गोर्खा जिल्लाको घुम्बाको मुलालामालाई प्रमुख अतिथि बनाएको थियो । उक्त कार्यक्रममा मोटिभेसन स्पीकर विकास देव योञ्जन, युवा व्यवसायी हिरालाल लामा विशेष अतिथिको रुपमा रहेका थिए ।
कार्यक्रममा संविधान सभाको सदस्य डिल्लीमान लामाले माक्र्सवाद र बौद्ध दर्शनले दिन खोजको सार मिल्ने भएको दाबी गरेको थियो भने मोटिभेसन स्पीकर विकास देव योञ्जनले आफुसँग भएको चीज सबैलाई बाँढ्न सजिलो हुने अनभुव सुनाएको थियो । उहाँ भन्नु हुन्छ ।“अब योञ्जन खलकमा जन्मीएको यी दुई लामा गुरुहरुले आफुले जानेको ज्ञान समाजमा सजिलै बाँढ्न सकिन्छ । त्यसकारण उहाँहरुलाई अझ धेरै प्रगतीको शुभकामना दिन चाहन्छु ।किन भने आफुसँग भएकाे गुण र ज्ञानलाई बाढ्न सजिलाे हुन्छ । कागतीलाई जसरी निचाेरेपनि रस अमिलाे नै हुन्छ । याे कागतीकाे गुण हाे । ”

भर्खरै

सम्बन्धित खबर

Language »