सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जंगबहादुरको जन्म भएको भनिएको लामपाटि दरबार संरक्षणको पर्खाईमा :स्थानीय सरकारको ध्यान गएन

जंगबहादुरको जन्म भएको विस्वास गरिने अर्घाखाँचीको सन्धिखर्क नगरपालिका मथुरावेशीमा अवस्थित ऐतिहासिक र पुरातात्त्विक महत्त्वको लामपाटी दरबार संरक्षणको अभावमा जिर्ण हुँदै गएको छ । यो दरबारको संरक्षण गरि प्रचार प्रसार गर्न सके महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्नेछ । यसको संरक्षणमा विशेष गरि स्थानीय सरकारको ध्यान जानुपर्ने देखिन्छ ।

जंगबहादुरका वावु बालनरसिंह आर्मी अफिसर हुदा बारुदखाना प्युठानको प्रमुख थिए । जुम्लाको सिंजामा गुठीको जग्गा विवाद बढेकोले समाधान गर्न बालनरसिंहलाई जुम्ला खटाइयो । उनी श्रीमती लिएर गए र श्रीमती त्यही गर्भवती भइन । जुम्लाबाट माइतीघर गोरखा जाने क्रममा अर्घाखांची वाङ्लाको मथुरा जंगल (हाल यो दरबार रहेको ठाउँ)मा विरामी परिन र जंगबहादुर जन्मिए भन्ने विस्वास रहेको छ।

तर यति बेला उक्त दरबार संरक्षण नहुदा लथालिङ्ग बनेको देखिन्छ। बारम्बार पत्रकार सामाजिक अभियान्ता हरुले आबाज उठाउदा पनि स्थानीय सरकारको संरक्षणमा ध्यान जान सकेको छैन।

भर्खरै

सम्बन्धित खबर

Language »