सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टिकटकबाट उदाएका मोडल अमिर मोक्तानको फेरी अर्को म्युजिक भिडियो, ABCDE तामाङ दोहोरी गीत

अहिलेको तामाङ गीत संगीत बजारमा एकपछि अर्को भिडियोमा अभिनय गर्दै आएका मोडल अमिर मोक्तानको फेरी अर्को म्युजिक भिडियो ABCDE सार्वजनिक भएको छ । यस तामाङ दोहोरी गीत ABCDE मा सुनिल योञ्जनको शब्द रहेको छ भने कोशिश थोकरको संगीत रहेको छ । गीतमा सानुबाबु घिसिङको संगीत संयोजन अनि निरु लामा र कोशिश थोकरकै स्वर सुन्न सकिन्छ । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई दिपेश प्रधानले अडियो मिक्सिङ गरेका हुन् ।

भिडियोमा अमिर मोक्तानलाई गंगा घ्लानले अभिनयमा साथ दिएकी छिन् । युद्ध लामाको नृत्य निर्देशन रहेको यस गीतको भिडियोलाई सुमन तामाङले निर्देशन, छायांकन र सम्पादन गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »