सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवा गाउँपालिमा नेकपाको विशाल शुभकामना आदान प्रदान

नेपालगञ्ज, नेकपाका केन्द्रीय सदस्यहरुले देशको विकासका लागि नेकपाको विकल्प कुनैपनि राजनीतिक शक्ति नभएको बताउनुभएको छ ।

पार्टीको डुडुवा गाउँपालिका कमिटीले बुधबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रीय सदस्य महेश्वर गहतराज, मोहम्मद हारुन, सिराज फारुकी, हज कमिटीका पुर्व अध्यक्ष ताज मिया, लुम्बिनी प्रदेशका भूमी ब्यवस्था,कृषि, सहकारी मन्त्री आरती पौडेल नेकपा बाँकेका सचिव अशोक कोइराला, नेताहरु निरक गुरुङ, रत्न खत्री लगायतले एकतावद्ध नेकपा नै जनताको चाहना भएको बताउनुभयो ।


नेताहरुले डुडुवा गाउँपालिकामा पार्टी सम्वद्ध नेता कार्यकर्तामाथी विभिन्न नियतका साथ दुःख दिने काम भईरहेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गर्नुभयो । डुडुवा गाउँपालिकाले विकास निर्माणका लागि पहलकदमी नदिएको भन्दै संघ र प्रदेश हुँदै गाउँपालिकामा पनि नेकपाको जित भएमात्र डुडुवाको विकासले गति लिने बताउनुभयो ।

संघ र प्रदेशबाट पठाइएका योजनाको कार्यान्वयन समेत सन्तोषजनक नभएको नेताहरुको भनाई छ । उहाँले मधेसी र मुस्लिम समुदायको हकहितका लागि नेकपाको विकल्प अरु हुनै नसक्ने दावी गर्नुभयो ।


नेकपा डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष शकील अहमद खानको अध्यक्षतामा भएको कार्यक्रममा जसपा, राप्रपा र नेपाली काँग्रेस परित्याग गरि ४५० जना नेकपामा प्रवेश गरेका छन् ।

विनय त्रिपाठी, कयुम खाँ, सफिउल्ला बागवान, गरिबे खान, अनबर खाँ लगायत विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको गाउँपालिका कमिटीका अध्यक्ष खानले जानकारी दिनुभयो । कार्यक्रममा उत्साहजनक उपस्थिती भएको नेता सगिर खाँले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »