सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १५ सय ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८ हजार ३२७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ५८ हजार ३ सय २७ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना रहेका छन्।

यस्तै होम आइसोलेसनमा ७ हजार ७०१ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५४५ जना रहेका छन्।

त्यस्तै, हाल क्वारेन्टाइनमा रहेनेको संख्या सात हजार ८२० रहेको जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०० पुगेको छ। यो ७१.५ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »