सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १ हजार ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५ हजार २७७ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

३४९ महिला र ६९२ पुरुष गरेर २४ घण्टामा१ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ।

हाल क्वारेन्टाइनमा रहेनेको संख्या ६ हजार ७०१ रहेको जागेश्वर गौतमले जानकारी दिए।

गत २४ घण्टामा कोरोना जितेर १५ सय ६६ जना डिस्चार्ज भएका छन्।

यो सगै कुल डिस्चार्ज हुनेको संख्या भने २७ हजार १ सय २७ पुगेको छ । यो संक्रमितमध्ये ६० प्रतिशत हो।

त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »