सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देशै भरि गुर्जो बितरण गर्दै कमल बहादुर राजलवट

कोरोना भाईरसले विस्व लाइ त्रसिद बनाइ रहेको यो अवस्थामा एक महत्वपुर्ण आयुर्बेदिक औषधि को रुपमा लिईएको गुर्जो वितरक को रुपमा परिचित कमल बहादुर राजलवट ले काठ्माण्डौ उपत्यकाको बिभिन्न स्थान तथा उपत्यका बाहिर समेत गुर्जो बितरण गर्दै आइ रहेका छन्। महोत्तरि जिल्ला ,धनुषा नगरपालिका २ का राजलवट ले आज पनि काठ्माण्डौ को कागेस्वरि मनोहरा नगरपालिका वडा नं ९ गान्धि आश्रम गेट( शिव मन्दिर ) मा निशुल्क गुर्जो को बिरुवा तथा गुर्जो को धुलो बितरण गरेका थिए।

No description available.


बिभिन्न टोल सुधार समिति संघ सस्था का प्रतिनिधि सामाजिक अभियान्ता हरु को सकृय सहभागिता मा सम्पन्न भएको यो गुर्जो बितरण कार्यक्रममा भौतिक दुरि कायम गर्दै गुर्जो को आवस्यकता र महत्व को बारेमा समेत बिभिन्न ब्यक्तित्व हरु ले चर्चा गरेका थिए ।

अन्तरिक राजस्व कार्यालय लहान प्रमुख कर अधिकृत समेत रहेका राजलवट ले हामिले आफ्नो दैनिकि लाई सुधार गर्दै हाम्रा पुर्खा ले सुम्पेर गएका आयुर्वेद लाई सहि सदुपयोग गर्न सके कोरोना त के कोरोना भन्दा सयौं गुणा शक्तिशालि भाइरस ले पनि केहि बिगार्न नसक्ने तर्क गरेको सारा खबर लाइ उदृत् गर्दै कार्यक्रम मा सभागिता जनाएकि समाज सेवि मनु मगर ले बताएकि छिन्।


सबै जना को सानो प्रयास ले समाज लाई टेवा पुग्ने भन्दै उन ले प्रतेक घर मा गुर्जो , तुलसि ,जस्ता दवाई को उत्पादन हुनु पर्ने मा जोड दिएका छन्।

कार्यक्रममा वडा सदस्य कला घिमिरे , छोरिका लागि छोरि सस्थाको कागेश्वरी मनोहरा न.पा.अध्यक्ष प्रभा थापा ,मनोहरा योग समितिको प्रशिक्षक आरति पोखरेल, गान्धी आश्रम होस्टेल वार्डेन बिधा गुरुङ ,योग प्रशिक्षक काठमाडौं जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल ,तिलक पौडेल लगाएतको उपस्थिति थियो।

No description available.

भर्खरै

सम्बन्धित खबर

Language »