सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नयाँ प्रजातीको कोरोना भाइरस नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दावी

आजै एक बक्तब्य जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले नेपाल मा पनि बेलायतमा देखिएको जस्तो नयाँप्रजातीको कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको जनाएको छ।

कोरोना संक्रमित मध्य ६ जना को नमुना परीक्षण गर्न बिस्व स्वास्थ्य संगठनको सहयोगमा पौष २७ गते हङकङ पठाइएको मा आज २८ बर्षिय महिला ,६७ बर्षिया पुरुष ,र ३२ बर्षिय पुरुष मा यो प्रकृती को भाइरस पुस्टी भएको हो ।

हङ्कङ बाट आजै मात्र इमेल मार्फत रिपोर्ट आएपछि यो पुस्टी भएको हो । आम नागरीक लाई बिषेश स्वास्थ्य सतर्कता अपनाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »