सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नुवाकोटमा काँग्रेस कमजोर छैन: सिंहराज लामा

सिंहराज लामा, अध्यक्ष, नेपाल तरुण दल, नुवाकोट

नेपाली काँग्रेस नुवाकोटका सक्रिय युवा नेता हुन्, सिंहराज लामा । पारिवारिक राजनीतिको अलावा सुरुदेखि नै नेपाली काँग्रेसको साधारण सदस्यबाट राजनीति सुरु गरेका उनले लोकतन्त्रमा विस्वास राखी निरन्तर देश, जनता र पार्टीको सेवा गर्दै आएका छन् । हाम्रो परिवार जन्म जात नेपाली काँग्रेस हो । मेरो ठुलो बुबा लालबिर लामा गन्यमान्य काँग्रेस हुनुहुन्थ्यो । तीन दाजुभाइको माइलो उनी जेठो र कान्छो भाई शिक्षित र विदेशमा अध्ययरत रहेका छन् । म भने बाल्यकालदेखि नै काठमाडौं रहें । लामाले नेपाल तरुण दल र भुगोल तथा संगठन काम सुरु गरेका हुन् । राजनीतिका अलावा निर्माण व्यवसाय र विभिन्न संघ संस्थामा काम गरेको अनुभव रहेको छ । नेपाल तरुण दल नुवाकोटको तत्कालिन निर्वाचन क्षेत्र नं. ३ को अध्यक्ष हुदैं जिल्ला अध्यक्ष सर्वसम्मत्तिले चयन भएं । साथै जिल्लाको जनताको निरन्तर सेवा गर्दै आएको बताउँछन् । आफु भनेर आउनेलाई हमेसा सहयोग गर्दै आएको छु हामीसंग कुरा गर्दै उनले भने । पुरै जिम्मेवार र सहज ढंगले जनताको सेवा गर्दै आएका छन् । स साना कामलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएका उनी पार्टीको इमान्दार सिपाही हुन् । सिंहराज लामा भन्छन्, राजनीति तथा समाजसेवामा केही लिन भन्दापनि दिन आएको बताउँछन् । खासमा म ठुलो बुबाको प्रेरणाले राजनीतिमा आएको हुं उनले भने । राजनीतिलाई पेसा बनाएर खानेहरुको जमात ठुलो छ । राजनीति देश र जनताको लागि भन्दा पनि सत्ता, पार्टीगत, व्यक्तिगत र नातावादल कृपावादले सताईरहेको उनको स्पष्ट कथन रहेको छ ।

तपाईको राजनीतिक तथा पारिवारिक पृष्ठभूमी के हो ?

माथिको हरफमा पनि भनिसकेको छु कि हाम्रो परिवार जन्म जात नै नेपाली काँग्रेस हो । त्यसरी मेरो ठुलो बुबा लालबिर लामा, विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्राई जिल्लाका सम्पूर्ण सम्माननित नेता गण तथा बहादुरसिंह लामाको प्रेरणाले नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएं । मेरो जन्म विदुर ७ नुवाकोटस्थित बुबा आइत लामा तथा आमा धनकुमारीको कोखबाट २०४२ कार्तिक २९ गतेका दिन भएको हो । प्रष्ट बोल्ने स्वभाव हो मेरो, अन्याय सहन सक्दिन । विशुद्ध किसान परिवारमा हुर्केबढेको हुँ, त्यसैले हाम्रो मध्यम वर्गिय परिवार हो ।

महाधिवेशन नजिकिदै छ, तपाईको दाबी महासमिति कि महाधिवेशन प्रतिनिधि ?

मेरो चाहना त महाधिवेशन प्रतिनिधिमै हो । यसमा पनि जिल्ला पार्टीले मेरो आवश्यकता ठान्छकि ठान्दैन त्यसमा भर पर्दछ । अग्रज नेताहरुले जे भन्नु हुन्छ म त्यही गर्छु । अहिले नै भन्न सक्ने अवस्था छैन ।

यस पटक नुवाकोट पार्टीले चुनावमा किन हा¥यो ?

चुनाव हार्नुको मुख्यतः तिन वटा कारण रहेका छन् । पहिलो वाम गठबन्धन, टिकट वितरण विवाद रहित हुन नसक्नु, अर्का काँग्रेसको एउटा रोग सबैलाई थाहा छकि पार्टीभित्रकै अन्तरघात । स्थानिय तह चुनावमा पार्टीले राम्रो ग¥यो । त्यसैले आगामी दिनमा बलियो रुपमा प्रस्तुत हुन्छौ । गहिरो चुनावी अनुभव भयो । वामपन्थीहरुले हिजो के के बोले र आज के गर्दैछन् हामी सबैले देखे सुनेकै छौं, त्यसैले ति भ्रमलाई चिर्दै अघि बढ्छौं, बढ्छु ।

खासमा राजनीतिलाई कसरी बुझ्नु भएको छ ?

खासमा राजनीति फोहोरी खेल रहेछ । म राजनीतिबाट केही लिने भन्दा पनि दिन आएको हुं । अहिले मैले विपीले लेख्नु भएको पुस्तकहरु पढिरहेको छु । वास्तवमा त्यो बेलाको राजनीतिलाई बिश्लेषण गर्ने हो भने अहिलेको राजनीति केही पनि होईन रहेछ । विपीले जस्तो संघर्ष अहिले नेता वा तपाई हामीले गर्न सक्दैनौ । २००७ सालको प्रजातन्त्र ल्याउनेदेखि मोहन शमशेरसम्मको मन्त्रिपरिषद्मा बसेर खेलेको भुमिका तथा सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाउनेदेखि लिएर २०१५ सालको आमनिर्वाचनमा दुई तिहाइ सिटदखि १८ महिने सरकार चलाउदा उनले गरेका काम र संघर्षलाई हेर्ने हो भने धेरै सम्झनलायक छन् । त्यसपछि प्रजातन्त्रमाथि कु गरी तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरे । त्यस्तो अवस्थामा पनि कहिंकतै विचलित नभई जिवन पर्यान्त संघर्ष गर्नुभयो । उनैले जन्माएको पार्टी देशको ठुलो प्रजातान्त्रिक पार्टी बनेको छ । त्यस्तो गौरवशाली पार्टीको सिपाही हुन पाउंदा गर्व महसुस हुन्छ । त्यसैले अहिलेको राजनीति शुद्धिकरण आवश्यक छ । सबैलाई अट्ने काँग्रेस बनाउन आवश्यक छ ।

आजको अवस्थामा नेपाली काँग्रेस ईतिहासमै कमजोर अवस्थामा छनि ?

नेपाली काँग्रेस यो देशमा कहिल्यै कमजोर थिएन, छैन । आफु हारेर पनि संधैं देशलाइ जिताउंदै आएको छ । नेपाली काँग्रेस जन्मेदेखि आजसम्म के कति
संघर्ष ग¥यो तपाई हामी सबैले देखे, सुने बुझेकै छौं । २००७ देखि पञ्चायत फाल्ने आन्दोलनदेखि लिएर दुईवटा जनआन्दोलन हुंदै आज देशमा जुन राजनीतिक परिवर्तन भएको छ, त्यो काग्रेसको कारणले मात्र सम्भव भएको हो । पहिलोे संविधानसभामा कम्युनिष्टहरुले जिते, संविधान दिन सकेनन्, विडम्वना बिघटन नै गरे । त्यसपछि दोस्रो संविधानसभा चुनावमा नेपाली काँग्रेसले हामीलाई जिताउनुस, हामी संविधान दिन्छौ भन्यौं । नेपाली जनताले हामीलाई ठुलो पार्टी बनाए । सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौं । काँग्रेसले देश र जनताका लागि निरन्तर संघर्ष ग¥यो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा हार्दैछौं भन्ने थाहा हुंदाहुदै पनि देशले निकास पाउनुपर्छ भन्ने हेतु सहित गिरिजाप्रसाद कोइरलाले चुनाव गराउनुभयो । यस पटकको चुनावमा पनि हामीले त्यसै ग¥यांै । बल्लतल्ल आएको संविधानलाई कार्यान्वयन र संस्थागत गर्नुपर्ने अवस्था थियो । वाम गठबन्धन बनिरहेको अवस्थामा हार्छौं भन्ने थाहा हुंदाहुंदै पनि चुनाव गराईयो । आज वाम गठबन्धनले दुनियाँ कुरा गरेर संसदमा दुईतिहाई त ल्याए तर देश र जनताका लागि के गरे त ? संविधान कार्यान्वयन कहाँ पुग्यो विभिन्न काण्ड मच्चाईरहेको छ ? सुशासनमा सरकार कहाँ छ, कर, महंगी बढिरहेको छ । तर सरकार कानमा तेल हालेर बसेको अवस्था छ । एत्रो कोरोना रोग चलिरहँदा जनताले राहत पाउने भन्दा पनि स्वस्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा गरे ।

त्यसोभए वाम सरकार पुरै असफल भयो भन्न खोज्नु भएको हो ?

यो वाम सरकार सफल हुने छांटकांट छैन । जहातही विकृतिविसंगति रहेको छ । देशमा अस्थिर राजनीति चल्न खोजिरहेको छ । यो सरकारले केहि गर्न सक्दैन । खुसी नेपाली सुखी नेपालीको एजेन्डामा चुनाव जितेको वाम गठबन्धनले समृद्धिको कुनै पुर्वाधार खडा गर्न सकेन । अरु रेल, पानी जहाज, मोनो रेल र मेट्रो रेल त कहिले हो कहिले । एउटा मेलम्चीको पानी समेत समयमा ल्याउन नसक्नेबाट के आसा गर्ने । उपत्यकामा पानीको एत्रो हाहाकार छ, अब छिट्टै पानी ल्याउछन् भनेको त ठेकेदार कम्पनी नै भाग्यो । त्यहां पनि कमिशनकै कुरा आएको छ । दुई तिहाईकोे वाम सरकार चलिरहंंदा देश र जनतामा झन् बेहालको अवस्था सृजना भएको छ । सुशासनको अभावमा भ्रष्टाचार झन मौलाई रहेको छ । डण्दहिनता बढेर गएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भयो, उनको परिवारले अहिलेसम्म न्याय पाएनन् । न्यारो वडी, वाईडबडीमा त्यत्रो भ्रष्टाचार भएको तथ्याक बाहिर आईरहंदा कसैलाई कारबाही नहुनु यो सरकार भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा प्रष्ट भएको छ ।

तर पार्टी सुध्रिने भन्दापनि नेताहरु आन्तरिक द्धन्दमै सिमित देखिए नि ?

तपाईले काँग्रेसभित्रको गुठउपगुठको कुरा उठाउन खोज्नु भएको होला । नेपाली काँग्रेस एक मात्र पुरानो प्रजातान्त्रिक पार्टी हो । यस पार्टीमा सबैलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता सबैमा छ, त्यसैले लोकतन्त्रको लागि आन्दोलनको नेतृत्व ग¥यौं । कम्युनिष्ट पार्टीमा जस्तो बोल्नमा बन्देज छैन, हुंदैन । ठुलो पार्टी छ, मनमुटाव हुन्छन्, गुठहरु हुन्छन् । प्रजातन्त्रको सुन्दरता पनि त्यहि हो । आखिर अधिवेशनमा प्यानल हुन्छन्, एउटाले जित्छ, अर्कोले हार्छ । हार्नेले आफ्नो पोजिसन देखाईरहनु ठिकै हालो तर पार्टीलाई घाटा हुने गरी नेताहरु चलिरहंदा आम कार्यकर्ता, शुभचिन्तक, जनता दुखी हुनु स्वाभाविक हो । त्यसैले आम नेता कार्यकर्ता सच्चिन जरुरी छ ।

काँग्रेसले वाम सरकारको निरन्तर विरोध मात्र गरिरहनुको कारण के हो ? जिल्लामा पनि त्यही गर्दै आउनु भएको बताईएको छ नि ?

हामीले विरोधको नाउँमा विरोध गरिरहेका छैनौ नि । चुनावको बेला हाम्रो पार्टी तथा सभापतिले भन्नुभए जस्तै यदि वामपन्थीहरुले जिते भने रुन पनि पाईदैन, अधिनायकवाद आउँछ भन्नुभएको थियो, भन्दै आउनु भएको छ । आखिर अहिले त्यस्तै अवस्था देख्न थालिएको छ । सम्पुर्ण अधिकारहरु अहिले प्रधानमन्त्री मातहत लगिएका छन् । जग्गा खरिद प्रकरण त्यसरी नै चर्चामा आयो तर कारवाही भएन । मिडियामाथि घाँटी निमोठ्ने गरी मिडिया काउन्सिल विधेयक संसदमा पेस गरिएको छ । तर सबै प्रकरणलाई सरकार आफैले प्रभावित बनाउने काम मात्र गरेको छ । यता प्रतिपक्षी दलका नेताहरु पनि विभिन्न प्रकरणमा सहभागी भएको कुरा आईरहंदा दुईतिहाईको सरकार छ, छानविन गरे भईहाल्यो नि त । उक्त कुरा हाम्रा नेताहरुले पनि भन्दै आउनु भएको छ । तर उहाँहरु काण्डै काण्डमा अल्मलिरहनु भएको छ । दुई तिहाईको सरकार छ, जनताको पक्षमा धमाधम काम गरे भईहाल्यो नि । उहाँहरुलेझै हामीले संसद अवरोध गर्ने, सडक आन्दोलन गर्ने, रेलिङ भाँच्ने काम त गरेका छैनौ । यस्तो सजिलो प्रतिपक्ष विश्वमा कहि पनि पाईदैन । राम्रा कामको समर्थन, गलत कामको संसदमा आवाज उठाउने काम त गरेका छौं । तर सरकार गठन भएको अढाई वर्ष कटिसक्दा एउटा पनि सिन्को भाँच्न सकेको अवस्था छैन । सरकार दिनानुदिन असफल भईरहेको छ । यसो भनिरहंदा हामीलले पुर्वाग्रही कुरा गरेका हाईनौ, त्यसो भए हामीलाई गलत सावित गर्ने गरी काम गरोस नत, अनि उहाँहरुको प्रसंसा नै गर्छौ । तर अहिलेसम्मको अवस्थालाई हेर्दा वाम सरकारको गतिविधि राम्रो छैन । अझ प्रदेश सरकार त झन निकम्मा बरिहेको छ । जिल्लामा हामीले कुनै भाँजो हालेका छैनौ । स्थानीय तहमा हामीले जितेका स्थानमा बजेट दिन कञ्जुस गरिएको छ । तर हामीले जितेका ठाउँमा त्यसो गरेका छैनौ । यद्यपी स्थानीय तहमा हामी बलियो अवस्थामा रहेका छौं । हामी निरन्तर संगठन सुदृढिकरणमा केन्द्रित भएर काम गरिरहेका छौं ।

तपाईहरुले पनि देश र जनताको पक्षमा केहि गरेन भन्ने निरन्तर आरोप छनि ?

यो देशमा नेपाली काँग्रेस बिना कुनैपनि आन्दोलन र राजनीतिक परिवर्तन सम्भव भएको छैन । चारजना कम्युनिष्ट नेता प्रधानमन्त्री भए तर संविधान दिएनन्, बरु दोस्रो संविधान सभा निर्वाचन हुने भयो, हामीले जनतामा भन्यांै कि, नेपाली काँग्रेसलाई जिताउनुस, हामी संविधान दिन्छौ । संविधानसभाबाट संविधान ल्याउन समेत नेपाली काँग्रेस नै चाहियो । अहिले कम्युनिष्टले भने जस्तो समृद्धि पनि काँग्रेसबाट मात्र सम्भव छ । हाम्रै निती र कार्यक्रममा हिडिरहेको कम्युनिष्टसंग हामीलाई के को डर ? उनीहरुलाई संसदीय व्यवस्थामा हाम्रै पार्टीले ल्याएको हो । समाजवाद, बहुलवाद र आर्थिक उदारवादको निती समेत हाम्रै हो । त्यसैले यो देशमा नेपाली काँग्रेस ठुलो योगदान र संघर्ष गरेको छ । आज गाउँ गाउँमा सडक पुर्वाधार पुगेका छन् । विद्युत, खानेपानी, शिक्षा, सञ्चार, वित्तिय संस्था आदिमा जुन प्रगति भएका छन्, ति सबै नेपाली काँग्रेसकै निती र कार्यक्रम हो ।

भर्खरै

सम्बन्धित खबर

Language »