सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको खजुरामा वी–ग्रुप नेपालगञ्जको सहयोग

नेपालगञ्ज, बाँकेको खजुरा गाउँपालिकामा बी–ग्रुप नेपालगञ्जले सहयोग गरेको छ । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना अन्तर्गत सोमबार खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरको कार्यालय र विपन्न परिवारलाई सहयोग गरिएको छ ।

वडा कार्यालयलाई एक हजार लिटर क्षमताको ट्यांकी सहितको २ थान कन्ट्याक्टलेस ह्याण्डवासिङ स्टेशन, ह्याण्डवास लिक्विड १७८ थान, एकथान टिभी, अटोमेटिक सेनटाईजर मेसिन, सेनिटाईजर, डिस इन्फेक्टेन्ट र स्प्रे ट्यांकी सहयोग गरिएको छ ।

विग्रुपका सचिव टेकवहादुर पुनले कार्यबाहक वडा अध्यक्ष फत्तेकुमारी जैशी, वडा सचिव चिरञ्जीवी पाण्डेलाई सामाग्री हस्तान्तरण गर्नुभयो ।


यसैगरी सोमबार नै राधापुरका १५४ विपन्न घरपरिवारलाई ४० लिटरको बाल्टिन र ८ थान साबुन सहयोग गरिएको बिग्रुपका ऋषिकुमार पोखरेलले जानकारी दिनुभयो ।

विग्रुपका सचिव पुन, तिर्खा आधारभुत विद्यालयका प्रअ सुन्दर गुरुङ लगायतले सामाग्री समुदायलाई हस्तान्तरण गर्नुभयो ।

बिग्रुपले अक्सफाम नेपालको साझेदारीमा खजुरा गाउँपालिकाका वडा नम्बर १,२,३,४ र ८ मा परियोजना सञ्चालन गरिरहेको गरिरहेको कार्यक्रम संयोजक प्रकाश शर्माले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »