सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेशको नमाकरण र राजधानीको प्रस्ताव सर्वस्वीकार्य– गहतराज


नेपालगञ्ज, नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सदस्य महेश्वर गहतराजले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने प्रदेश सरकारको प्रस्ताव सर्वस्वीकार्य भएको बताउनुभएको छ ।

प्रदेश ३ मुख्यताः ३ वटा मनोविज्ञानमा आधारित छ , सोमबार प्रेस संगेठन सम्वद्ध पत्रकारहरुसँगको भेटघाटमा नेता गहतराजले भन्नुभयो, यो निर्णय सुझबुझपूर्ण, तरिकाले आएको छ ।
बाँकेलाई कर्णाली प्रदेशमा मिसाउन संवैधानिक जटिलता रहेको भन्दै उहाँले प्रदेश सरकारको निर्णयको स्वागत गर्नुभयो ।

नेकपा नेता सुर्य ढकाल, नरेन्द्र न्यौपाने र डिल्ली बराल सहित उपस्थित नेता गहतराजले राप्तीपारीको बैजापुर र नरैनापुरमा विद्युतीकरणका लागि आफुहरुले पहल गरिरहेको भन्दै एकदशक सम्म काम सुरु नगर्ने निर्माण कम्पनीले अदालतमा मुद्दा दायर गरेर विद्युत प्राधिकरणलाई काम गर्न नदिन लागिपरेको दावी गर्नुभयो ।

उहाँले नौवस्ता औद्योगिक क्षेत्रका लागि समेत बाँकेबासी सबैको एकमत हुनुपर्नेमा जोड दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »