सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपाद्धारा बुटवलमा कोणसभा

बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले सरकारले नेकपामाथि करिब दुई वर्ष अघि लगाएको प्रतिबन्ध फुकुवा गरेको ऐतिहासिक उत्सवको अवसरमा बुटवलमा कोणसभा सम्पन्न गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल जनसांस्कृतिक महासंघका लुम्बिनी ब्यूरो संयोजक खोमा तरामु मगरले वार्ता अति लालायित, त्रसित र हर्षले उन्मात हुने विषय होइन । यद्यपी, क्रान्तिकारी शक्तिले सरकार संग वार्ता नगर्ने कुरा पनि होइन, उत्पीडित जनसमुदाय र आम श्रमिक जनताको एजेण्डाहरूलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्नको निमित्त पूरानो राज्य सत्ता संग वार्ता आवश्यक रहेको बताए । उनले वार्ताको नाममा केही सरकारी पक्षका अनलाइन मिडियाहरूले सामाजिक सञ्जालमा नेकपालाई सिके राउत संग तुलना गरी भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै उक्त भ्रममा नपर्न सम्पूर्ण आम जनसमुदाय, न्यनयप्रेमी जनता तथा पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी सधैं उत्पीडित जनताको पक्षमा, जनजीविकाको पक्षमा रहेको र एकिकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए ।

कार्यक्रममा क. श्यामले वार्ता विरोधीहरूले सम्प्रेषण गरेको झुट समाचारको भ्रममा नपरी सम्पूर्ण जनसमुदायलाई एकिकृत जनक्रान्तिको पक्षमा निरन्तर सामेल हुन आह््वान गरेका थिए । साथै नेपाल कम्युनिस्ट पार्टी आम श्रमिक जनताको र एकिकृत जनक्रान्तिमा सहादत प्राप्त गरेका महान सहिदहरूको सपना पुरा गर्न सधैं तत्पर रहेको बताए । उनले वैज्ञानिक समाजवादको निमित्त नेपाल कम्युनिस्ट पार्टीले जस्तोसुकै चुनौती पनि सामना गर्न तयार भएको र रणनीतिक संयुक्त मोर्चामार्फत दलाल पुंजीवादी व्यवस्थाको अन्त्यको निम्ति सम्पूर्ण कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गर्ने बताए ।सरकार र नेकपाबिच लामो समयको अनौपचारिक छलफल पछि औपचारिक वार्ता सफल भएको हो ।

 नेकपाले वार्तामा बस्न सरकारसंग नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, जेल र हिरासतमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई रिहाई गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सम्पूर्ण मुद्धाहरू खारेज गर्नुपर्ने आधारभुत शर्तहरू राख्दै आएको थियो । सोही अनुरूप बिहिबार सरकारले नेकपामाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक गतिविधि गरेको र ‘अपराधिक समूह’ भन्दै सरकारले २८ फागुन २०७५ को मन्त्रिपरिषद बैठकबाट नेकपामाथि प्रतिबन्ध लगाएको थियो । केन्द्रिय प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार नेकपामाथि प्रतिबन्ध लगाएपछि २ हजार ७ जना नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन । तीमध्ये १ हजार ८ सय ६४ जना छुटेका छन् भने १ सय २६ जना पुर्पक्षका लागि कारागारमा छन ।

भर्खरै

सम्बन्धित खबर

Language »