सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा भित्र फेरी अर्को खेल : मिलाउने जिम्मा दोस्रो पुस्तालाई

काठ्माण्डौ
लामो समय देखी आन्तरिक बिबादमा अल्झी रहेको नेकपा को बिवाद टुंगो लगाउन आज दुइ अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड ) र केपि शर्मा ओलि बिच छलफल भएको छ ।
छलफलको क्रममा पार्टी भित्र भएका समस्या हरु को पहिचाहन गरी त्यस्लाई समाधान गर्न को लागी दोस्रो पुस्ताका प्रभाव शाली नेता हरु को एक कार्यदल बनाउने सहमती भएको छ ।

कार्यदलको नेतृत्व नेकपा महासचिव बिष्णु पौडेल ले गर्ने छन भने , जनार्दन शर्मा , भिम रावल ,सुरेन्द्र पाण्डे ,शंकर पोखरेल , पंफा भुसाल कार्यदल का सदस्यको रुपमा रहने छन ।यसलाई पार्टी भित्रका समस्या समाधान गर्न नेतृत्व एककदम सकारात्मक भएकाे अर्थमा बुझिएको छ ।

कार्यदलका सदस्य जनार्दन शर्माले आफूहरूले विश्वासिलो प्रस्ताव तयार गरेर शीर्ष नेताहरूलाई बुझाउने र नेताहरूले त्यसलाई पार्टीको स्थायी समितिमा प्रस्तुत गर्ने बताए।

नेताहरूबीच पार्टीको आन्तरिक समस्याहरू सकारात्मक रूपले सामाधान गर्ने अनि पार्टी एकतालाई अक्षुण राख्ने र नेपाली जनताले प्रदान गरेको जनादेशअनुरूप प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्ने कुरामा दुई अध्यक्षबीच समझदारी भएको बुझिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »