सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञमा नेकपा( माओवादी) केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मंसूर अली इद्रिशी

नेपालगन्ज, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । दिन (माओवादी) केन्द्रले नेपालगन्जमा जिल्ला स्तरीय कम्युनिष्ट विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका राष्ट्रिय अध्यक्ष कर्णजीत बुढाथोकी प्रमुख आतिथ्यमा भएको सो अन्तरक्रिया कार्यक्रममा पार्टी महासचिव नरेश शाही तथा लुम्बिनी प्रदेश इन्चार्ज सिंह राज बिक र अतिथिको रुपमा थारु अगुवा विक्रम चौधरी, मुस्लिम अगुवा बाकर राई, वाइसिएलका प्रदेश अध्यक्ष साहिल शाह लगायतको उपस्थिति रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीले आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन गोविन्दराज शर्माले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसीको विरोध गर्दै नेपालमा यसलाई भित्र्याउन मिल्दैन किनकि यसबाट नेपालको राष्ट्रियता, एकता र अखण्डतामा खलल पुग्ने सम्भावना छ ।

आफ्नो पार्टी विदेशी हस्तक्षेपको विरुद्धमा सधैं खडा रहने गरेको छ । हामी वैज्ञानिक समाजवादको स्थापनाको लागि संघर्षरत छौं । नेपाल सरकार एमसीसी संसदबाट पारित गराउनको लागि लागी परेको छ यसको विरुद्धमा कडा संघर्ष गर्ने भन्दै जनविद्रोहको दिशामा नेपालीमा जनता अघि बढ्नुपर्ने कुरा राख्दै वक्ताहरुले आ–आफ्नो विचारहरु राखेका थिए । लुम्बिनी प्रदेश इन्चार्ज सिंहराज बिक ुसृजनुले पनि एमसीसीको विरुद्धमा नेपाली जनतालाई सडकमा उत्रिन आव्हान गरे ।

बोल्ने क्रममा थारु अगुवा नेता विक्रम चौधरीले पनि नेपालमा वैदेशिक हस्तक्षेप हट्नुपर्ने विचार राख्दै भने, एमसीसी संसदबाट पारित गराउन नेपाल सरकारले प्रयास गरे यसको विरुद्धमा कडा प्रतिकार गर्ने बताए । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीका बाँके जिल्ला इन्चार्ज शालिकराम पाठकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीका स्थानीय नेता सलमान राई लगायत ४ सयभन्दा बढी कार्यकर्ताको सहभागिता रहेको थियो । नेपालगन्ज,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । मंगलवार दिन माओवादी केन्द्रले नेपालगन्जमा जिल्ला स्तरीय कम्युनिष्ट विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । पार्टीका राष्ट्रिय अध्यक्ष कर्णजीत बुढाथोकी प्रमुख आतिथ्यमा भएको सो अन्तरक्रिया कार्यक्रममा पार्टी महासचिव नरेश शाही तथा लुम्बिनी प्रदेश इन्चार्ज सिंह राज बिक र अतिथिको रुपमा थारु अगुवा विक्रम चौधरी, मुस्लिम अगुवा बाकर राई, वाइसिएलका प्रदेश अध्यक्ष साहिल शाह लगायतको उपस्थिति रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीले आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन गोविन्दराज शर्माले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसीको विरोध गर्दै नेपालमा यसलाई भित्र्याउन मिल्दैन किनकि यसबाट नेपालको राष्ट्रियता, एकता र अखण्डतामा खलल पुग्ने सम्भावना छ । आफ्नो पार्टी विदेशी हस्तक्षेपको विरुद्धमा सधैं खडा रहने गरेको छ । हामी वैज्ञानिक समाजवादको स्थापनाको लागि संघर्षरत छौं । नेपाल सरकार एमसीसी संसदबाट पारित गराउनको लागि लागी परेको छ यसको विरुद्धमा कडा संघर्ष गर्ने भन्दै जनविद्रोहको दिशामा नेपालीमा जनता अघि बढ्नुपर्ने कुरा राख्दै वक्ताहरुले आ–आफ्नो विचारहरु राखेका थिए ।

लुम्बिनी प्रदेश इन्चार्ज सिंहराज बिक ुसृजनुले पनि एमसीसीको विरुद्धमा नेपाली जनतालाई सडकमा उत्रिन आव्हान गरे । बोल्ने क्रममा थारु अगुवा नेता विक्रम चौधरीले पनि नेपालमा वैदेशिक हस्तक्षेप हट्नुपर्ने विचार राख्दै भने, एमसीसी संसदबाट पारित गराउन नेपाल सरकारले प्रयास गरे यसको विरुद्धमा कडा प्रतिकार गर्ने बताए । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीका बाँके जिल्ला इन्चार्ज शालिकराम पाठकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीका स्थानीय नेता सलमान राई लगायत ४ सयभन्दा बढी कार्यकर्ताको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »