सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साहीत्यकार रेग्मीको ७५ औं जन्मोत्सव रेग्मीलाई सार्वजनिक अभिनन्दन, विशिष्ट स्रष्टालाई सम्मान


मंसूर अली इद्रिशी
नेपालगञ्ज, वरिष्ठ साहीत्यकार सनत रेग्मीको ७५ औं जन्मदिन भव्यताका साथ मनाइने भएको छ । नेपालगञ्ज– ७ निवासी वरिष्ठ कथाकार रेग्मी असोज ६ गते ७५ औं वर्ष प्रवेश गर्दै हुनुहुन्छ ।

जन्मोत्सवका अवसरमा बाँकेका साहित्यिक संघ संस्थाहरुका तर्फबाट रेग्मीलाई सार्वजनिक अभिनन्दन गरिदैछ भने उहाँको सनत– ७५ (रोजा कथाहरु) कृति पनि विमोचन गरिदैछ ।

रेग्मीका लछमनियाको गौना लगायत ९ वटा साहित्यिक कृति प्रकाशित छन् । यस्तै सोही समारोहमा बाँकेका विशिष्ट स्रष्टाहरुलाई दिर्घ साधना सम्मान पनि गरिन लागिएको छ ।

बाँकेका प्रमुख साहित्यिक संस्थाहरु भेरी साहित्य समाज केन्द्रीय समिति, मध्यपश्चिम स्रष्टा समाज, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघ लुम्विनी प्रदेश शाखा, कल्पना फाउण्डेशन नेपालद्धारा संयक्त रुपमा आयोजित सनत रेग्मीः अमृतोत्सवमा रेग्मीलाई सार्वजनिक अभिनन्दन सहित बाँकेका ७० वर्ष माथिका १० जना स्रष्टालाई दिर्घ साधना सम्मान गरिने भएको हो ।

साहित्य, कला लगायत विभिन्न विधामा उल्लेखनीय योगदान पु¥याउनु भएका कृष्णजंग शाह, बब्रुवाहन सिंह, आशाराम मौर्य, सचिदानन्द चौवे, अव्दुल लतिफ शौक, भुपेन्द्र प्रकाश शर्मा, सृजन लम्साल, गणेश जीसी, विष्णुलाल कुमाल र दिवाकर शर्मालाई दिर्घ साधना सम्मान गरिदैछ ।

भर्खरै

सम्बन्धित खबर

Language »