सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दियाका चार पालिकामा विभिन्न कार्यक्रम गरेर ५७ औं बालदिवस मनाईयो


मंसूर अली इद्रिशी

नेपालगञ्ज, बाँके युनेस्को क्लबले बर्दियाका चारवटा पालिकामा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गरेर मंगलवार ५७ औं राष्टिय बालदिवस मनाएको छ ।
क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत बर्दियाको गुलरिया, बासगढी, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा निबन्ध, वक्तत्व कला र अन्तरक्रिया गरेर बालदिवस मनाईएको हो ।


सो क्रममा बासगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा माध्यामिक विद्यालयका विद्यार्थिहरुलाई सहभागि गराएर ‘वालविवाहको नितिगत तथा कानुनी प्रावधान र बालविवाह अन्त्यका लागि सरोकारवालाको भूमिका’ विषयक निबन्ध प्रतियोगिता गराईएको परियोजना संयोजक बसन्त विसीले बताउनुभयो । सोही अवसरमा बढैयातालमा र्यालीको समेत आयोजना गरिएको थियो ।


यसैगरि बासगढीमा सोही विषयमा आधारभूत विद्यालयका बिद्यार्थिलाई सहभागि गराएर वक्तत्वकला प्रतियोगिता आयोजना गरिएको थियो भने गुलरियामा सोही विषयमा माध्यामिक विद्यालयका विद्यार्थिहरुलाई सहभागि गराएर वक्तत्वकला प्रतियोगता आयोजना गरिएको थियो ।

No description available.


प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ४ हजार, तृतिय हुनेलाई ३ हजार र चौथो हुनेलाई २ हजार रुपियाँको स्टेशनरी सामान र व्याग पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बासगढीमा मेयर शालिकराम अधिकारी प्रमुख अतिथि रहनु भएको थियो भने सामाजिक विकास समितिका संयोजक वडा नम्बर ८ का अध्यक्ष तुलाराम गौतम लगायत वडा सदस्यहरु अतिथि रहनु भएको थियो ।


यसैगरि बढैयातालमा गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी लगायत वडा अध्यक्ष, सदस्य र नागरिक समाज, शिक्षक र अभिभावकको पनि उल्लेख्य उपस्थिति थियो ।
सोही प्रकारले गुलरियामा उपमेयर शुसिला गिरी, वरिष्ठ अधिकृत मुकुन्द अर्याल, शिक्षा अधिकृत सतिश यादव र महिला तथा बालबालिका शाखाका प्रमुख शिला शाह लगायतको सहभागिता रहेको थियो ।


यस्तै बालदिवसकै उपलक्ष्यमा राजापुरको महिला तथा युवा सञ्जालले स्थानीय बाल क्लबहरुलाई बालअधिकार, बालविवाह र बालविवाह रोकथामका लागि स्थानीय बालक्लबको भूमिका विषयमा एक दिने अन्तरक्रियाको आयोजना गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »