सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालदिवसमा बालश्रमिक बालकलाई युनेस्कोद्धारा खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

मंसूर अली इद्रिशी
नेपालगञ्ज, बाँके युनेस्को क्लबले ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा नेपालगञ्ज र डुडुवाका बालश्रमिक बालकहरुलाई राहातस्वरुप मंगलवार खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ ।


विश्व शिक्षाको सहयोग र नेपालगञ्ज उपमहानगरको समन्वयमा क्लबले सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत घट्ना व्यवस्थापन गरिएका अति विपन्न तथा जोखिममा रहेका नेपालगञ्ज र डुडुवाका ९ जना बालश्रमिकलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
आर्थिक अभावले नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकामा रहेका इट्टा भट्टामा काम गर्ने बालश्रमिकहरुलाई जिविकोपार्जन र शिक्षाका लागि सहजता होस भने खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
क्लबको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा क्लबका अध्यक्ष राजेन्द्र चौधरी, कार्यसमिति सदस्य फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि तुलाधर लगायतले बालश्रमिकहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गर्नुभयो ।

No description available.


सो अवसरमा बोल्दै क्लबका अध्यक्ष राजेन्द्र चौधरीले यो राहात बालश्रम अन्त्य गर्नका लागि वितरण गरिएको जनाउँदै आफ्ना बालबालिकालाई बालश्रममा नलगाउन अभिभावकसंग आग्रह गर्नुभयो । उहाँले बालबालिकाको पढ्ने उमेरमा उनिहरुलाई विद्यालय पठाउनु पर्ने कुरामा जोड दिंदै घरको आर्थिक जोहो अभिभावकले गर्नुपर्ने बताउनुभयो ।


सो कार्यक्रममा डीटीएचले प्राविधिक सहयोग गरेको कार्यकारी निर्देशक रवि तुलाधरले बताउनुभयो । खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा सक्रिय परियोजनाका अधिकृत गुलाम गौस र अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । उक्त परियोजना मार्फत नेपालगञ्ज र सो वरिपरिका इट्टा भट्टामा सानै उमेरदेखि काम गरिरहेका बालबालिकालाई बालश्रमबाट मुक्त गरेर उनिहरुलाई विद्यालय पठाउने वातावरण बनाउने उदेश्य राखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »