सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा राप्रपाको भूमि अतिक्रमणको विरोधमा प्रदर्शन

नेपालगञ्ज, राप्रपा सम्वद्ध युवा विद्यार्थीले मंगलबार नेपालगञ्जमा भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।


लकडाउनको समयमा मध्यान्ह राप्रपाका नेता कार्यकर्ताले भारतले नेपालको भू–भाग अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

राप्रपाका युवा नेता ऋषिराज देवकोटाले भारत सरकारले नेपालको सीमा अतिक्रमण गर्नुमा नेपाल सरकारको समेत कमजोरी रहेको बताउनुभयो । नेपालगञ्जको विपी चोमा विरोध प्रदर्शन गरिएको हो ।

विरोध ¥यालीका सहभागीले प्रधानमन्त्री केपी शर्मा वली र सरकारको विरोधमा समेत नाराबाजी गरेका थिए । लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र तत्काल फिर्ता ल्याउन सरकारलाई दबाब दिन विरोध प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

भारत सरकारले पछिल्लो समय लिपुलेक क्षेत्रमा सडक निर्माण गरि उद्घाटन गरेपछि नेपालमा यसको सर्वत्र विरोध भईरहेको छ ।

राप्रपाका युवा नेता देवकोटाले अहिले सीमा अतिक्रमण विरुद्ध भारत सरकारसँग नेपालले कडारुपमा प्रस्तुत हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।

राप्रपाका युवा विद्यार्थीहरुले भारतसँग बारम्बार सीमा विवाद गरिरहनु भन्दा सीमामा काँडेतार लगाएर बिवादको अन्त्य गर्नुपर्ने माग समेत गरेका छन् । संसदमा समेत जोडदार आवाज उठिरहेको अवस्थामा सडकमा समेत प्रदर्शन सुरु भएको हो ।

रा िस्ट्रय प्रजातान्त्रिक महिला संगठन बाँकेको जिल्ला सभापति इन्दिरा शाहिको टिम लगायतको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »