सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज वडा ४ मा विकासका काम ८५ प्रतिशत सम्पन्न-अध्यक्ष वेहनाको दावी

नेपालगन्ज,नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले अवको आफ्नो प्राथमिकता सुरक्षित वडा कसरी बनाउन सकिन्छ भन्नेमै केन्द्रीत रहेको जनाएको छ ।

विकास निर्माणका ८५ प्रतिशत काम सम्पन्न गरिसकेको वडा कार्यालयले अव वडालाई शान्ति सुरक्षाका हिसावलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमा केन्द्रीत हुने जनाएको हो ।


‘अवको हाम्रो प्राथमिकता वडालाई सुरक्षित कसरी राख्न सकिन्छ भन्नेतर्फ केन्द्रीत छ वडाअध्यक्ष सफिक वेहनाले भन्नुभयो–‘जोखिम क्षेत्रको पहिचान गरेर प्रत्येक चोकचोक तथा टोलटोलमा सीसी क्यामेरा जडान गरिेन्छ ।’ उहाँले अहिलेसम्म ११ वटा सीसी क्यामेरा जडान भइसकेको पनि जानकारी दिनुभयो ।
सम्भावित जोखिम क्षेत्रको पहिचान गरेर सडक, चौक, र टोलमा अझै सीसी क्यामेरा जडान गरिने अध्यक्ष वेहनाले बताउनुभयो । वडालाई शान्ति सुरक्षाका हिसावले सुरक्षित राख्न सकियो भने पनि एउटा ठूलो विकास हो अध्यक्ष वेहनाले भन्नुभएको छ ।

स्वास्थ्य, शिक्षा, बाटोघाटो, ढल निकासलगायतका अधिकांश योजनाहरु वडा कार्यालयले सम्पन्न गरिसकेको छ ।
गएको आर्थिक बर्ष १ करोड ६४ लाख बजेट पाएको वडा कार्यालयले लकडाउन र कोरोनाको कहरका बीच पनि अधिकांश योजना सम्पन्न गरेको छ । समयमै काम सम्पन्न भएका कारण सहजता भएको उहाँको भनाइ छ ।

सडक र ढल निकासको अधिकांश समस्या हल भएको छ उहाँले भन्नुभयो–‘विद्युतरोेड देखि प्रगतिपथको बाटो निर्माणमा समस्या छ, त्यसको सम्वोधन वडा कार्यालयबाट सम्भव नभएकाले प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिएको छ ।’ विकास निर्माणका काम कहिल्यै नसकिने बताउने वडाअध्यक्ष वेहनाले यो चलिरहने प्रक्रिया भएको उल्लेख गर्नुभयो ।


हेर्नुस ठाउँठाउँमा घर निर्माण भएका छन्, घर निर्माण हुने वितिकै बाटोघाटो चाहिहाल्छ त्यसैले यो बाटोघाटो निर्माणका काम चलिरहन्छ उहाँले भन्नुभएको छ । आफ्नो वडा कार्यालयले आवश्यकता भएका अधिकांश ठाउँमा सडक निर्माण गरिसकेको उहाँले जीकिर गर्नुभयो ।

त्यस्तै उहाँले केही भित्रिबाटो र ढलको समस्या समाधान गर्नुपर्ने आवश्यकता देख्नुभएको छ । त्यस्को सम्वोधनका लागि वडा कार्यालय लागि परेको पनि उहाँले जानकारी दिनुभयो ।
सके यही आर्थिक बर्ष नत्र अर्को आउने बर्ष त्यसको सम्वोधन गरिने उहाँले जाकनारी दिनु भएको छ ।

वडा कार्यालयले शिक्षा र स्वास्थ्यलाई पनि उच्च प्राथमिकता दिएको पाइएको छ । शिक्षामा गल्स स्कुल संचालनमा छ । मधेशी तथा मुस्लिम छात्राहरुको शिक्षामा पहँुच बढाउन गल्स स्कुल सन्चालनमा ल्याइएको हो । यस्मा छात्राहरुमात्र अध्ययन गर्ने गरेका छन् ।


वडाअध्यक्ष वेहनाले वडाका कुनै पनि बालबालिका शिक्षाबाट बञ्चिन नहुने गरी शिक्षामा सुधारका प्रयास भएका पनि बताउनुभयो । वडा कार्यालयले स्वास्थ्यमा पनि ठूलो लगानी गरेको छ ।

स्वास्थ्य शिविरसम्मका कार्यक्रम गरेको वडा कार्यालयले गएको बर्ष त झन विश्वव्यापी आतंक पारेको कोभिड नियन्त्रण, रोकथाम तथा निदानका लागि वडा कार्यालयकै बजेट खर्चिनु पर्ने अवस्था आयो । प्रदेश र केन्द्र सरकारले वडाकै बजेटबाट कोभिडमा खर्चिनु भनेकाले स्थानीय तहले पनि त्यसै गरेका थिए ।
खासगरी लामो समय लकडाउन भएका कारण गरिखाने वर्गहरु ठूलो समस्यामा परे । यो अवधिमा वडाका गरिव तथा विपन्न समुदाय पनि चपेटामा परे ।

कतिपयलाई त अध्यक्ष वेहनाले नै व्यक्तिगतरुपमा सहयोग समेत गर्नुभयो । आर्थिक देखि खाद्यान्नसम्मको सहयोग अध्यक्ष आफैले व्यक्तिगत लगानीमा गर्नुभएको छ । चामलदेखि नगद पैसा समेत अध्यक्ष वेहनाले सहयोग गर्नुभयो ।
लकडाउनका कारण त्यस्ता विपन्न समुदायको गास बासका लागि वडा कार्यालयले ठूलो रकम राहात वितरणमा खर्चिएको छ । विनियोजित बजेटमध्ये करिव १५ लाख ७५ हजार रुपैयाँ राहत वितरणमा खर्च भएको उहाँले जानकारी दिनुभयो । वडा कार्यालयले यो बर्ष १ करोड २६ लाख रकम पाएको छ ।

कोभिडका कारण नगरपालिकाले बजेटको सिलिङ सबै वडामा कम पठाएको छ ।
गएको बर्षभन्दा कम रकम प्राप्त भएपनि त्यसको सहि सदुपयोग गरिने वडाअध्यक्ष वेहनाले बताउनुभयो । वडाको काममा स्थानीय पनि सन्तुष्ट भएका छन् । वडाअध्यक्षले आवश्यकता र जनभावना अनुसार काम गरेकाले वडाको विकास निर्माण सम्भव भएको स्थानीय सोनु कादरीले बताउनुभयो ।
जुन पार्टीबाट चुनाव लडेर आएपनि जनप्रतिनिधि भइसकेपछि सबैलाई अध्यक्ष वेहनाले समान व्यवहार गरेको अनुभव सुनाउनुभयो ।
जन्मदर्ताका लागि वडा कार्यालय पुग्नुभएकी अर्की सेवाग्राही फरिदा खानले विकास निर्माणका कामहरु सन्तुष्ट हुने गरी भएका बताउनुभयो । वडाअध्यक्ष र कर्मचारीहरु मिलनसार र सहयोगी भएको आफुले पाएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »