सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज सरकारको प्राथमिकतामा – मन्त्री भट्टराई


नेपालगञ्ज, संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपामा हाल देखिएको अन्तरविरोधबाट पार्टी फुट्छ कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपालगञ्जमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै नेकपाका स्थायी कमिटी सदस्य भट्टराईले भन्नुभयो,पार्टीको अन्तरविरोध समाधान नेतृत्वभित्रै छ । सरकारको स्थायीत्व र पार्टीको वृहत्तर कता नै आजको आवश्यकता भएको उहाँले बताउनुभयो ।

नेपालगञ्ज विमानस्थलमा निर्माण भएको पार्किंगस्थलको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलस्तरन्नतीका लागि जग्गाको मुआव्जा बाहेक ५ वर्षको गुरुयोजना स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

विमानस्थललाई जुनसुकै समयमा अन्तर्राष्टिूयस्तरको बनाउने गरी स्तरन्नती भईरहेको उहाँको भनाई छ । नेपालगञ्ज नयाँ दिल्ली उडानका लागि भारतसँग छलफल भईरहेको उहाँको भनाई छ ।

सो अवसरमा संघीय सांसद महेश्वर गहतराज, प्रदेश सांसद आईपी खरेल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा लगायतले नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्टिय विमानस्थलको रुपमा स्तरउन्नती हुनुपर्ने माग गर्नुभयो ।

मन्त्री भट्टराईले बुधबार नै नेपालगञ्जस्थित वाटरपार्कको स्थलगत निरीक्षण गर्नुभयो । सो अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल र वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्माले वाटरपार्क सौन्दर्यकरणका लागि थप योजनाको माग गर्नुभयो ।

नेपालगञ्जको बालेगाउँमा निर्माण भएको मेरो प्लानेटमा मन्त्री भट्टराई पुग्नुभयो । दिउसो नेकपा बाँकेको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गरि मन्त्री भट्टराई मंगलबार नै राजधानी फिर्ता हुनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »