सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा खान एण्ड कम्पनी नेपालगन्जका प्रोप्राइटर तथा अडिटर खानलगायतद्धारा सय विपन्न परिवारलाई खाद्यान्न वितरण

नेपालगन्ज, मुस्लिम समुदायको महान पर्व ईदुल फित्रको आगमन नजिकिएको बेला नेपालगन्जका केही मुस्लिम अगुवाहरुले विपन्न र असहायहरुलाई खाद्यान्न राहात वितरण शुरु गर्नु भएको छ ।
पर्व मनाउन सहज होस भन्ने उदेश्ययका साथ नेपालगन्जका सय परिवारलाईृ खान एण्ड कम्पनी नेपालगन्जका प्रोप्राइटर तथा अडिटर अव्दुल करीम खानको अगुवाईमा खाद्यान्न वितरण शुरु गरिएको मुस्लिम धर्मगुरु र अगुवा मौलाना जियाउल मुस्तफा नुरानीले बताउनु भयो ।


सो खाद्यान्न राहात अतिनै विपन्नलाई खोजी खोजी वितरण गर्ने कार्य भैरहेको खान एण्ड कम्पनी नेपालगन्जका प्रोप्राइटर तथा अडिटर खानले बताउनु भयो ।


उहाँले लकडाउन दिनदिनै लम्बिंदै गएको र समाजका गरिब तथा विपन्नका लागि कुनै व्यवस्था नगरिएको पाईएको हुँदा आफुहरुले आफ्नो व्यक्तिगत तर्फबाट सो खाद्यान्न वितरण गरिएको बताउनु भयो ।

सो राहात वितरण कार्यमा नेपाल स्टोर धम्बोझी नेपालगन्जका जाकीर हुसैन हलवाई, व्यवयसायी समाजसेवी मिस्बाहुल हक अन्सारी र शरिफ हुसैन करेशीको समेत सहयोग रहेको अडिटर खानले बताउनु भयो ।

अडिटर खानले आगामी दिनमा पनि आफूहरुले यस्ता राहातहरु वितरण गगदैृ जाने बताउनु भएको छ । वहाँहरुले वितरण गर्नु भएको राहात सामाग्रीमा चामल, दाल, चिनी, खाने तेल र नुन लगायत रहेको छ ।
यसअघि पनि दुई पटक उहाँहरुले नेपालगन्जका तीन सय बढी विपन्न परिवारलाई राहात वितरण गर्नु भएको थियो ।

यसैगरि नेपालगन्जमा धेरै अगुवा र समाजसेवीहरुले आफ्नो निजि तर्फबाट धेरैलाई निरन्तर राहात वितरण गर्दै आउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »