सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सोमबार थप ३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो ।

मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष, काठमाडौंकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

यसअघि आइतबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १०४ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सहित कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »