सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष रौनियारको संयोजकत्वमा खाद्यान्न बैंकको स्थापना

नेपालगन्ज, विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट आक्रान्त रहेको बेला नेपाल पनि अछुतो नरहेको कुरा सबैमा जानकारी भएको छ । त्यसमाथि विपदको समयमा मानवताप्रेमी कार्यमा सहयोगी मनकारी मनहरुले खुलेर सहयोग आदान–प्रदान गर्ने गरेका हुन्छन् ।
यस्तै सहयोगी मनकारीहरुको रुपमा छुट्टै पहिचान बनाई सकेको नेपाल शिवसेनाले आज खाद्यान्न बैंकको स्थापना गरी मानवताप्रेमी कार्यका अग्रणी स्थान हासिल गरेको छ ।


नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको संयोजकत्वमा रहेको खाद्यान्न बैंकमार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका कम आयु भएको गरिब मजदुर वर्गका लागि खाद्यान्न सहयोग गरिने बताईएको छ ।


नेपाल शिवसेनाका केन्द्रिय कोषाध्यक्ष मदनराज शर्माका अनुसार यस कोभिड–१९ कोरोना भाईरसको महामारीमा महिनौ हुन लाग्दा मजदुरी गरी बसेकाहरुका लागि कोहीले कुनै पाईला नचाल्दा आफैबाट शुरुवात गरौं भनी आज केन्द्रिय अध्यक्ष रौनियारको संयोजकत्वमा खाद्यान्न बैंकको स्थापना गरी गरीब दुःखी पीडित वर्गहरुको सेवा गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

नेपाल शिवसेनाका विगत दिनदेखि मानवताप्रेमी कार्यमा सक्रिय रहेको छ । अन्जनी माता रसोईलाई १०० पेटी पानी, आम जनमानसका बीचमा दिनरात डियुटीमा खटिएका सुरक्षाकर्मीहरुका लागि १०० पेटी पानी तथा नेपाल शिवसेना कै अगुवाईमा ललित कुमार रौनियारको संयोजकत्वमा वाटरबैंकको स्थापना गरी सराहनीय कार्य गर्दै आएको छ ।


आज खाद्यान्न बैंक स्थापनाका लागि काठमाण्डौमा बस्ने सहयोगी मनकारी बिक्रम प्रसाद रौनियारले ४८ हजार र अस्टे«लियामा बसोबास गर्दै आएका डा. निर्पबहादुर रावलले १५ हजार सहयोग गरी यसको शुरुवात गरेको केन्द्रिय कोषाध्यक्ष शर्माले जानकारी गराउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »