सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्देशीको कथा व्यथा समेटिएको “पर्देशीको जीवन” मार्मिक गीत सार्वजनिक, कराप रुम्बाको शब्द अनि स्वर, छेडुप मोक्तानको संगीत

गायक तथा संगीतकार छेडुप मोक्तानको संगीतमा “पर्देशीको जीवन” बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक कराप रुम्बाको स्वर र शब्द सुन्न सकिन्छ भने गीतलाई संगीत संयोजन चाँद सिङ्ले गरेका हुन् । अडियो मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।

हाल दक्षिण कोरियामा वैदेशिक रोजगारीका क्रममा रहेका गायक रुम्बाको यस गीतले देश छोडेर पर्देशमा श्रम गरिरहेका नेपालीहरुको कथा व्यथालाई उजागर गर्न खोजेको छ । आफ्नो घरगाउँ, साथीसंगी, चाडपर्व, ती लेकबेशी गर्दा भोगेका सुखदुःख अनि हर्षोल्लास्को न्यास्रो लागिरहने पर्देशीहरुको भावनालाई यस गीतले प्रतिबिम्बित गरेको छ ।
गीतको भिडियोमा गायक स्वयंको अभिनय देख्न सकिन्छ भने भिडियोलाई ज्ञान लामाले छायांकन गरेका हुन् भने सम्पादन सुकदेव राईले गरेका हुन् ।

गीत सुन्नको लागि 👇️

भर्खरै

सम्बन्धित खबर

Language »