सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपाकाे वडा संयोजक माथि महिला हिंसा आरोप

काठमाडाैँ । समस्यामा परेका महिलाहरु समस्या समाधान हुने बहनामा बिभिन्न किसिमका हिंसा सहन बाध्य भएका छन् ।

पसलमा जागिर लगाइदिने प्रलोभन देखाएर नेकपा वडा संयोजकले एक महिला माथि बलत्कार गरेको आरोप लागेको छ । धुनिबेसी नगरपालिका वार्ड नं २ का नेकपा संयोजक गोकुल पौडेललाई यो आरोप लागेको हो ।

पाँच दिन अगाडी भएको यो घटनालाई सकेसम्म मिलाउने प्रयत्न भएको बुझिएको छ ।

महानगरीय प्रहरी बृत जनसेवा बिशाल बजारले आरोपित पौडेललाई पक्राउ गरी आवस्यक कानुनी प्रकृया अगाडी बढाएको भए पनि पीडित पक्षलाई बिभिन्न प्रलोभन तथा प्रभाबमा पारी मुद्धालाई कमजोर बनाएर पीडकलाई उम्काउने प्रयास भएको स्रोतले सारा खबर डट कम लाई बताए को छ ।

भर्खरै

सम्बन्धित खबर

Language »