सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुनर्गठित ने.क.पा.(माओवादी केन्द्र नै आधिकारीक माओवादी केन्द्र होः भबिसोर पराजुली

काठमाडौं। एमालेमा प्रवेश गरिसकेका पूर्व माओवादी केन्द्रका नेता राम बहादुर थापा बादल समूहका केहि व्यक्तिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खारेजीको माग गर्दै बुधबार आयोग पुगेर अधिवक्ता सरोज बुढाथोकी मार्फत निवेदन दिनु कुनै पनि कानुनि आधार नभएको पुनर्गठित नेकपा माओवादी केन्द्रका अध्यक्ष भविसोर पराजुलीले बताएका छन् । सारा खबरका प्रतीनिधि संगको कुराकानिमा  उनले भने कुनैपनि कानुनी आधार बिना माओवादी केन्द्र खारेजीको माग गर्नु गैरकानुनी भएको उनको ठम्याइ रहेको छ ।


२३ फागुन २०७७ मा सर्वोच्च अदालतले साविकको नेपाल कम्युनिष्ट पार्टी नेकपाको खारेजी गर्दै दुवै पार्टी नेकपा एमाले र माओबादी केन्द्र अलग रहेको आदेश दिएपछि मात्र प्रचण्ड पनि नेकपा माओवादी केन्द्रमा फर्केका हुन् । उनले पनि नेकपा माओबादी केन्द्र छोडेर गएको पराजुलीको दावि रहेको छ । २०७५ जेठ ३ गते नेकपा एमालेसँग पार्टी एकता गरेको भन्दै प्रचण्ड गैसके पछि भविसोर पराजुलीले माओबादी केन्द्रको पुनर्गठन गरि माओवादी आन्दोलनको विचार, भावना र इतिहासको निरन्तरता दिएको दावीका साथ पुनर्गठित ने.क.पा.(माओवादी केन्द्र) सञ्चालन गरिरहेका छन् । अहिले पुनर्गठित ने.क.पा.( माओवादी केन्द्र) सांगठानिक हिसावले शक्तिशाली माओवादी केन्द्रको रुपमा स्थापित हुँदै गएको सो पार्टीका नेताहरुले दावी गर्दै आएकाछन् ।


२०७३ जेठ ६ गते पार्टी एकता भएका तीन मुख्य घटकहरु प्रचण्ड नेतृत्वको एकीकृत नेपाल कम्युनिष्ट(माओबादी), भविसोर पराजुली नेतृत्वको नेपाल गौतवशाली पार्टी र मातृका यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्य पराजुली बाहेक माओवादी केन्द्र छोडेर जाने प्रचण्ड र मात्रृका लाई समेत पनि पार्टीको आधिकारिकता दावि गर्ने कानुनी तथा नैतिक आधार नभएको उनको भनाई रहेको छ । वादल समुहले त माओबादी केन्द्रको बिषयमा दाबि गर्दै खारेजीको कुरा गर्नु हांस्यास्पद रहेको उनले बताए ।


निर्वाचन आयोगमा निर्वाचनमा आयोगको निर्णयमा उल्लेख भए अनुसार माओबादी केन्द्र बन्दाको समयमा रहेका तिन घटकहरुको सँगै माओवादीबाट विभाजित अन्य समूहहरु पनि मिलेर २०७३ जेठ ६ मा नेकपा माओवादी केन्द्र नामाकरण गरी प्रचण्ड नेतृत्वमा अगाडि बढ्यो यहि एकतालाई नै माओबादी केन्द्रको एकताको १४ औं महाधिवेशन भन्दै २४ कार्तिक २०७३ मा निर्वाचन आयोगलाई माओवादी केन्द्रले विवरण पठायो यो विवरण निर्वाचन आयोगले ३० मंसिर २०७३ मा मान्यता दिएको थियो ।

नेकपा–माओवादी केन्द्रलाई पुनर्गठन गरी भविसोर पराजुलीले पुनर्गठित नेकपा माओवादी केन्द्रको नामबाट पार्टी सञ्चालन गर्दै आइरहेकाले माओवादी केन्द्रको आधिकारिकताको दाबी गर्ने अधिकार भविसोर पराजुली नेतृत्व रहेको पुनर्गठित नेकपा माओबादी केन्द्र बाहेक अरु कसैलाई पनि अधिकार नभएको उनको दाबी रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »