सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी बिका समन्त्री मोहम्मद इस्तियाक राई र प्रदेशसभा समितिका सभापति यादवद्धारा किसानलाई साम्रागी वितरण


नेपालगन्ज,पुर्व शहरी बिकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राई तथा प्रदेशसभा कृषि वन तथा वातावरण समितिका सभापति बिजय बहादुर यादवले डुडुवाका किसानलाई कृषि सामाग्री वितरण गर्नु भएको छ ।


पाँच नम्बर प्रदेश सरकारको कृषि स्मार्ट गांउ कार्यक्रम अन्तर्गत डुडुवा गांउपालिका वडा नम्बर ३ का ६१ जना किसानहरुलाई पुर्व शहरी बिकास मन्त्री राई र प्रदेशसभा समितिका सभापति यादवले संयुक्त रुपमा विहिबार कृषि सामाग्री बितरण गर्नु भयो ।

सो अवसरमा पुर्व शहरी बिकास मन्त्री राई र प्रदेश सभापति यादवले कृषिको भविष्य निकै उज्ज्वल रहेको जनाउँदै कृषिलाई आधुनिकिकरण गर्दै उत्पादन बृद्धि गरेर आर्थिक रुपमा सक्षम बन्न किसानहरुलाई सुझाव दिनु भएको थियो ।


उक्त अवसरमा बनकट्टी कृषि स्मार्ट गाउँका ६१ जना किसानलाई पानी तान्ने पम्पसेट, मोटर, घाँस काट्ने मेसिन, दुध राख्ने क्यान र डि–फ्रिज बितरण गरिएको प्रदेशसभा कृषि वन तथा वातावरण समितिका सभापति यादवले बताउनु भयो ।

डुुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीका स्थानीय बासिन्दा तथा सञ्चारकर्मी राजेन्द्र विश्वकर्माले कृषि सामाग्री पाएपछि किसानहरु निकै उत्साहित भएको बताउनु भयो ।


अहिले पाएको कृषि सामाग्रीले कृषि उत्पादन बढाउन ठुलो सहयोग गर्ने विश्वासका साथ उनिहरु घर फर्किएको विश्वकर्माले बताउनु भयो ।


परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणाली अपनाएर किसानलाई आर्थिक रुपमा सक्षम बनाउन प्रदेश सरकारको नीति अनुसार किसानलाई प्रबिधिसंग जोड्न कृषि स्र्माट गाउको अवधारणा ल्याईएको प्रदेश सरकारले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »