सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुष्पाञ्जली लोप्चनलाई “२२ तले धरहरा” घुमाउन लैजाने युद्ध लामाको सपना पुरा हाेला त ?

काठमाडौँ । बुद्धलिङ मिडिया हाउसको प्रस्तुतिमा निर्माण भएको “२२ तले धरहरा” तामाङ सेलो म्यूजिक भिडियो महा नायक अमिर दोङको प्रमुख आतित्थ्यतामा सार्वजनिक भएको छ ।

गायक च्वाइस दोङ र गायिका रन्जिता घिसिङको स्वर रहेको “२२ तले धरहरा” प्रेम गीतमा आधारित गीत भएता पनि यो गीतले २०७२ बैशाख १२ आएको महा भुकम्पले ढलेको धराहरालाई उठान गर्न खोजिएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी नेपाल सरकारले धरहरा निर्माण गर्ने घोषणा गरेको थियो तर कोरोनाको कारणले सम्पन्न हुन ढिला भएको थियो ।

२२ तलको धरहरा निर्माण भएसँगै तामाङ सेलोमा भाकामा निर्माण भएको यो “२२ तले धरहरा” म्यूजिक भिडियोमा प्रेमीलाई काठमाडौँसँगै लगेर धरहरा चढ्न लैजाने बाँचा गरेको छ तर त्यो प्रतिबद्धता पुरा गर्छ या गर्दैन त्यसको लागि भने पुरा भिडियो हेर्नु पर्छ ।

कार्यक्रममा विशेष अतिथिकोरुपमा दिपेश प्रधान, काख्रे तामाङ फिल्मिको नायक तथा कथाकार ऋतुराज पाख्रिन, नायक तथा मोडल तुलसाङ मोक्तान लगाएतका व्यक्तिहरु रहेका थिए ।

हरेक कार्यक्रममा कम बोल्ने महानायक अमिर दोङले यो कार्यक्रममा करिब पाँच मिनेट बोल्नु भएको छ । उहाँले तामाङ समुदायको हरेक कलाकारहरु एकरुपता हुन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । कलाकारहरुमा एकता नभएको कारणले नै तामाङ चलचित्र निर्माण गर्न नसकेको बताउनु भयो भने विस्तारै म्यूजिक भिडियो निर्माणमा पनि समस्या आउने सक्ने चिन्ता व्यक्त गरेको छ ।

“घुम्न लैजाउला २२ तले धरहरा” म्युजिक भिडियोमा युद्ध लामाको कोरियोग्राफी, निर्देशन र अभिनय रहेको छ । यो म्यूजिक भिडियोमा युद्ध लामालाई मोडल पुष्पाञ्जली लोप्चनले साथ दिएका छन् । करिब नौ मिनेटको लामो यो गीतमा नायक युद्ध लामाले मोडल पुष्पाञ्जली लोप्चनलाई फकाउन धेरै प्रयास गरेका छन् तर म्यूजिक भिडियोको अन्तमा रमाइलो घट्ना घटिन्छ । कोरियोग्राफर युद्ध लामाले रोजक तरिकाले प्रस्तुत गर्न सफल भएको छ ।

धिरज लोप्चन र विशाल दोङको शब्द रचना रहेको छ भने च्वाईस दोङको संगीत रहेको छ । जोगलाल लामाको एरेन्ज साथमा दिपेश प्रधानको मिक्सिङ रहेको छ ।

कार्यक्रमलाई पत्रकार छेडुप दोङ तामाङले संचालन गरको थियो । उहाँले खरायोको कथा सुनाएर सबैलाई म्यूजिक भिडियो सेयर गरेर सहयोग गर्न अनुरोध गरेका थिए ।

मोडल तथा निर्देशक अनि मोडल युद्ध लामाले कार्यक्रमलाई बिर्सजन गर्दै पत्रकारले उठान गरेको जिज्ञासालाई सम्बोधन गरेको थियो । उहाँले २२ तले धरहरा शब्द भएता पनि प्रेमीकालाई धरहरा घुमाउन लैजाने अस्वासन मात्र दिएको हुनाले धरहरा नदेखाएको बताए तर काम गर्ने शिलशिलामा कमिकमजोर हुने नै भएको हुनाले अगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाउनु भयो ।

अन्तमाः यो म्यूजिक भिडियोले साँच्चिकै रुपमा २२ तले धरहराको उठान गरेको छ । नेपालमा राष्ट्रिय गौरवको योजनाहरुमा एक धरहरा पनि हो । यो सम्पन्न भइसकेको छ । यसलाई प्रचार प्रसारको रुपमा यो म्यूजिक भिडियोले अवश्य नै सहयोग मिल्ने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »