सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले दिए यस्तो सद्भाव सन्देश

नेपालगन्ज,पूर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले ईदको शुभकामना दिएका छन् ।

उनले ईदलाई आपसी सद्भाव र भाइचाराको रुपमा मनाउन सुझाव दिएका छन् । लकडाउनका कारण सामुहिक भेला भएर मनाउने अवस्था नरहेकाले घरमै रमाइलो गरी मनाउन उनको आग्रह छ ।

विश्वभरी फैलिएको कोरोना महामारीका कारण नेपालगन्ज पनि प्रत्यक्ष प्रभावमा परेको भन्दै उनले सजगता र सावधानी अपनाएर ईद मनाउनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् ।

गएको बर्षजस्तो सामुहिक भेला हुने, अंकमाल गर्ने अवस्था अहिले छैन उनले भने घरमै परिवारसँग बसेर ईद मनाउनुको विकल्प छैन् ।

लकडाउनको पूर्णपालना गर्नु सबैको दायित्व भएकाले यसमा मुस्लिम समुदायले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »