सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक, दुई अध्यक्षसहित बैठकमा सबै सदस्य सहभागि

काठमाडौँ। मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो ।

आइतबार बिहान ११: ३० मा सुरु भएको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणको बाँकी काम छलफलका एजेण्डा छन् ।

भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णयलाई आधार बनाएर सचिवालयमा छलफल हुँदैछ । स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय गरेको थियो । बैठकले सरकारको काम प्रभावकारी बनाउन केन्द्र र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय पनि गरेको थियो ।

स्थायी कमिटी बैठकको निर्णयमा भनिएको छ, ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने । सचिवालयमा गरिने छलफल, अध्यक्षद्वयको आपसी परामर्श, सहमति तथा संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने ।’

मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिका लागि योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने रूपमा कार्यान्वयन गर्ने पनि बैठकको निर्णय थियो । बैठकमा दुई अध्यक्षसहित सबै सदस्य सहभागि छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »