सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले गरे ४ बुँदे सहमति

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चार बुँदे सहमति भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।
उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिएको छ।
अध्यक्ष प्रचण्डका निजी सचिवालय प्रेस संयोजक बिष्णुप्रसाद सापकोटा ‘जुगल’ले आफ्नो आधिकारिक फेसबुक स्टाटस मार्फत जानकारि गराएका छन् ।
आज प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओली तथा प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । सोही क्रममा कर्णाली प्रदेशको विवाद समाधान गर्ने विषयमा चार बुँदे सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गराएका छन् ।
सल्लाहकार थापाले अध्यक्ष द्वयको सहमति पश्चात जारी गर्नुभएको प्रेस नोट
सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु:
१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२० प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३. मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र
४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
यस बारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।
सूर्य थापा
प्रेस सल्लाहकार
४ कात्तिक २०७७

भर्खरै

सम्बन्धित खबर

Language »