नेपालगन्ज,बाँके जिल्लामा विभिन्न स्थानिय तहहरुमा स्थापना गरिएका क्वारेन्टाइन र आइसोलेशन वार्डलाई व्यवस्थित बनाउन स्थानीय प्रशासनको ध्यानाकषर्ण गराइएको छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तिवारी उपाध्यक्ष कृष्णमुरारी प्रसाद भटटको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई आज ध्यानाकषर्ण पत्र प्रदान गरिएको हो ।
केही दिन अघि रेडियो कृष्णसार एफ एममा प्रशारित मानवअधिकार रेडियो बहस कार्यक्रममा सो विषयमा भएको संम्बादमा क्वारेन्टाइन र आइसोलेशन व्यवस्थापनका लागि सरोकारवाला निकायले पहल गर्ने प्रतिबद्धता गरेका थिए ।
स्थानीय तहहरुले नेपाल सरकारको मापदण्ड अनुसार क्वारेन्टाइन र आइसोलेशन व्यवस्थापन नगरेको विषयमा सोको सुधार तथा कार्यान्वयनका लागि प्रतिबद्धता गरिएको थियो ।
सो प्रतिबद्धता कार्यन्वयनका लागि आवश्यक भुमिका निर्वाह गर्न सो ध्यानाकषर्ण पत्र बुझाइएको हो । ध्यानाकर्षण पत्र बुझदै प्रजिअ कुरुम्बाङ्गले सो विषयमा गम्भीर भई यो विषयमा तत्काल पहल गर्न आश्वासन दिनुभयो ।