सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी द्वारा बिभिन्न घटनामा आरोपितहरु पक्राउ

काठमाडौं, २०७७ कात्तिक २० गते

छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

टोखा नगरपालिका-५ देवी मन्दिरमा गोरखा अजिरकोट नगरपालिका घर भई काठमाडौं धापासी हाईट बस्ने २५ वर्षीय आशिष मगरलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा उदयपुर गाईघाट घर भएका २० वर्षीय रुपेश आले मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रुपेशको समूह र मृतक आशिष मगरको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भई झडपको क्रममा रुपेशले आशिषलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशिषको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापश्चात फरार रुपेशलाई महानगरीय अपराध महाशाखाको प्रहरीले सुनसरी धरान उपमहानगरपालिका-८ भानुचोकबाट पक्राउ गरेको हो । साथै घटनामा प्रयोग भएको छुरा काठमाडौं महानगरपालिका-३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारी बारीबाट प्रहरीले बरामद गरेको छ ।
घटनामा संलग्न रहेका अन्य तीन जनालाई गत शनिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका रुपेशलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त महाशाखाले जनाएको छ ।

पटाका सहित पक्राउ

मोरङ, उर्लावारी नगरपालिका-८ दुर्गापुरी चोकबाट २ बोरा पटाका सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक सब्जी बजार बस्ने ३५ वर्षीय प्रमोद कुमार शाह र मोरङ रंगेली नगरपालिका-७ साझाटोल बस्ने ५७ वर्षीय नन्दन किशोर शाह रहेका छन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले प्रदेश १-०१-०१२ प ४८४२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक प्रमोद र स्कुटरमा सवार नन्दनले २ वटा बोरामा ल्याउँदै गरेको उक्त पटाका फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी मोरङ, धनपालथान गाउँपालिका-३ भलुवाकादस्थित सडकबाट ९७ हजार ७ सय रुपैयाँ मूल्य बराबरको विभिन्न पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी मायागंज र बिओपी सोराभागबाट संयुक्त रुपमा गस्तीमा खटिएको प्रहरीलाई देखेर भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका छोडेर व्यक्ति फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाँउस्थित सडकबाट १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटीएको प्रहरीलाई देखेर भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका अपरिचित व्यक्तिले सोही ठाउँमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
झापा, भद्रपुर नगरपालिका-५ स्थित सडकबाट करिब ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याई लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले फेला पारी उक्त पटाका बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

तनहुँ, शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारस्थित सापकोटा होटेलमा जुवा खेलिरहेका ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-११ बस्ने दिपक श्रेष्ठ, दिपक बिक, शंकर शर्मा, कमल थापा, ब्यास नगरपालिका-१० बस्ने मोती कुमार श्रेष्ठ, बाग्लुङ ढोरपाटन नगरपालिका-४ बस्ने टेक छन्त्याल र पर्वत बालकोट बस्ने रबी गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले नगद १ लाख ९७ हजार ९ सय ५० रुपैयाँ र एक बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-७ स्थित कुस्माखर देवकोटाको घरमा जुवातास खेलिरहेका १६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय मनि प्रकाश कुमार जैसी, ३१ वर्षीय गणेश प्रसाद न्यौपाने, ५८ वर्षीय चन्द्र प्रसाद न्यौपाने, २५ वर्षीय रमेश विष्ट, ३५ वर्षीय कमल प्रसाद जैसी, ३३ वर्षीय दयाराम न्यौपाने, ३० वर्षीय भानु प्रसाद जैसी, २५ वर्षीय ईश्वर शर्मा, ३१ वर्षीय नरदेव चौलागाईं, सोही नगरपालिका-७ बस्ने २२ वर्षीय देवेन्द्र रावत, ५० वर्षीय तारा ढकाल, ४० वर्षीय रुपानन्द बजगाईं, ३२ वर्षीय राम बहादुर चौधरी, ३० वर्षीय लक्ष्मी आचार्य, ४२ वर्षीय जनक भण्डारी, ३२ वर्षीय कुष्माखर देवकोटा रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद ५२ हजार ३ सय ९५ रुपैयाँ र २ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

सोताङ गाउँपालिका-३ बानेल्द बस्ने २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय होम बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
होम बहादुरकी श्रीमती सोमालाई छिमेकी २६ वर्षीय नन्दराज राईले गत वैशाख महिनामा लगेर सँगै बस्दै आएको अवस्थामा सोही ठाउँ बस्ने कुमार राईको घरमा दुवैजनाको भेट भई विवाद हुँदा होम बहादुरले सोमालाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

म्यागजिन र गोली बरामद

बेदकोट नगरपालिका-५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतबाट १ थान म्याग्जिन र २ राउन्ड गोली बरामद भएको छ ।
उक्त खेतमा बुधबार साँझ तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार रुपैयाँ र तीन थान मोबाइल हेलमेट लगाई आएका अपरिचित ७/८ जनाले पेस्तोल देखाई लुटपाट गरेको भन्ने खबर बिहीबार बिहान प्राप्त हुनासाथ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त म्यागजिन र गोली बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराण प्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर अन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना ठहर भई फरार सत्य नारायणलाई विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
साथै सत्य नारायणले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रुपैयाँका चेकहरु काटी बैङ्किङ कसूरजन्य अपराध गरेको अनुसन्धानबाट खुल्न आएको थियो ।
उनलाई फैसला कार्यान्वयनको बिहीबार जिल्ला अदालत पर्सामा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित सडकबाट नियन्त्रित लागूऔषध ६० एम्पूल डाईजेपाम, ६० एम्पूल बुप्रेनोर्फिन र ६० एम्पुल फेनारगन सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगडी नगरपालिका-४ वडारे बस्ने २७ वर्षीय सञ्जु गुरूङ र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ बस्ने २६ वर्षीय आले लामा रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुलेस्थित सडकबाट नियन्त्रित लागूऔषध १८ एम्पुल डाईजेपाम, १८ एम्पुल बुप्रेनोर्फिन र २० एम्पुल फेनारगन सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भएकी २३ वर्षीया सोनी तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा तामाङको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।


अवैध लागूऔषध चरेस सहित ४ जना पक्राउ

काठमाडौ महानगरपालिका-७ गौरीघाट क्षेत्रबाट अवैध लागूऔषध चरेश १.८ केजी सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा पात्ले गाउँपालिका-९ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका-८ घर भई काठमाडौं गुर्जुधारा बस्ने १७ वर्षीय किशोर, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्सा ठोरी गाउँपालिका-५ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दिपक तामाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त चरेश सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ ।

समाचार श्रोत : नेपाल प्रहरी

भर्खरै

सम्बन्धित खबर

Language »