सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्राधिकरणमा कुलमानलाई नै दोहोर्‍याउने तयारी

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्‍याउने तयारी गरेको छ ।

भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

‘उहाँलाई नियुक्ति दिनको लागि प्रस्ताव लेखनको काम भइरहेको छ, सम्भवतः शुक्रबार साँझ प्रस्ताव टुङ्गो लाग्छ’, मन्त्रालय स्रोतले भन्यो ।

तर उहाँको अबको कार्यकाल कति अवधिको हुने भन्नेमा मन्त्रालय अन्योलमा रहेको छ । चर्को जन दबाबपछि प्रधानमन्त्री ओली कुलमानलाई नै कार्यकारी निर्देशकमा दोहो¥याउन तयार हुनुभएको तर चार वर्षे कार्यकाल नै दिन भने असहमत भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली घिसिङलाई दुई वर्षे कार्यकाल दिन तयार भएका छन तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घिसिङलाई नै चार वर्ष काम गर्न दिनुपर्ने पक्षमा छन।

ऊर्जामन्त्री वर्षमान पुनले प्रचण्डको भनाइमा सहमत जनाउनुभएको छ । विसं २०७३ सालको भदौ २९ गते प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउनेदेखि रुग्ण आयोजना पूरा गरेको र चरम घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँसम्म नाफामा लगेको भन्दै पुनः नियुक्ति दिन सर्वसाधारणले माग गरिरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »